पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा शाखाले न्यानो माया अभियान अन्तर्गत विपन्न तथा असमर्थ परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा (पोशाक) तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
पुतलीबजार नगरपालिका वडा नं – १३ कर्बुजे, हिरापाटामा रहेको जनप्रिय आधारभूत विद्यालयमा अध्यनरत २० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । विद्यार्थीहरुलाई ट्रयाकसुट, टोपी, स्वीटर र कापी, कलमलगायतका सामाग्री गरी प्रति विद्यार्थी एक हजार आठ सय रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको शाखाका अध्यक्ष पवन मरासिनीले जानकारी दिए ।
सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि कदम चाल्दै संस्थाको सम्पर्कमा रहेका सो विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको अध्यक्ष मरासिनीले बताए । विद्यार्थीहरुलाई सहजरूपमा पढ्ने वातावरण बनाउन पनि यसले सहयोग मिल्ने उनको विश्वास रहेको छ ।
कार्यक्रममा सहयोगी हातहरुका कारण यस अभियानलाई निरन्तरता दिन सहज भएको बताउँदै केन्द्रिय समिति सदस्य स्मृति काफ्लेले यस अभियान मार्फत विद्यार्थीहरु पनि पढाईमा थप जागरुक हुने विश्वास लिएको बताइन् । उनले सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
सो कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मीले विद्यालय पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरिनु सकारात्मक कार्य भएको बताए । नगरप्रमुख रेग्मीले यस्ता कार्यक्रममा पालिका हरबखत हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरी, यस्ता कार्यहरुले समाजमा सकारात्मक प्रभाव पार्नेमा वडा नं – १३ का वडा सदस्य सुर्य बहादुर रोकाहाले जोड दिएका थिए ।
विद्यालयमा नै आएर पोशाक र शैक्षिक सामाग्रीहरु पाउँदा विद्यार्थीहरु निकै खुसी भएका छन् । पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा शाखाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक क्षेत्रमा योगदान दिँदै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ