पोखरा । मिस तामाङ पोखराको उपाधि लेकसाइडकी शिशा घिसिङ तामाङले जितेकी छिन् ।
पोखरा सभागृहमा भएको प्रतिस्पर्धामा १० जना प्रतियोगीलाई पछि पार्दै उनले मिस फ्रेण्ड्ली सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् । प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदायलाई किन समृद्धशाली समुदाय भनिन्छ भनेर सोधेको प्रश्नमा अन्य उत्कृष्ट ५ प्रतिस्पर्धीभन्दा सर्वोत्कृष्ट उत्तरका साथ बाजी मारेकी हुन् ।
बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको नवौं संस्करणको मिस तामाङ पोखरामा मिस पंक्चुवल सहित फर्स्ट रनरअप आकृति थिङ्ग तामाङ बनिन् । सोनिका मोक्तानले मिस पपुलर सहित सेकेण्ड रनरअप हुदा पुर्णिमा ब्लोन तामाङ मिस कल्चर सहित भ्युवर्स च्वाइस टाइटल जितिन् ।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकीछिन् । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पारिन् । भ्युवर्स च्वाइसका विजेताले नगद २० हजार पुरस्कार प्राप्त गरिन् ।
विजेता तथा उपविजेताहरुलाइ प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका उपाध्यक्ष शिवु ब्लोन, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य श्री सुजन ब्लोन तामाङ, बर्षा तामाङ, अर्पणा तामाङ, मोनिका तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
यसैगरि प्रतियोगितामा मञ्जिता पाख्रिनले मिस फोटोजेनिक, प्रिन्सेस घिसिङ तामाङले मिस कन्फिडेण्ट, पुर्णिमा थिंङ्ग तामाङले बेस्ट वक, सुनिता तामाङले ब्युटी विथ पर्पोज, सुप्रिया गोले तामाङले बेस्ट स्माइलको सबटाइटल जितिन् । यस्तै सुमिना तामाङले मिस ट्यालेण्ट, जमुना लामाले बेस्ट स्किन एण्ड हेयरको सबटाइटल जितिन् । सबटाइटल विजेताहरुलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगरका कार्यबाहक अध्यक्ष अन्जना तामाङ, कोरियोग्राफर जिता तामाङ, अफिसियल फोटोग्राफर गणेश तामाङ, निर्णायकहरु गीतकार तीर्थ तामाङ, कलाकार जानुका बोहोरा लगायतले पुरस्कार वितरण गरेका थिए ।
यस अघि कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले यस्ता खालका कार्यक्रमले युवा पुस्तामा तामाङ जातीको भाषा, संस्कार र संस्कृतिको प्रर्वद्धन हुने बताए । कार्यक्रममा नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, कार्यक्रमका संयोजकमा पुर्व मिस तामाङ पोखरा रोश्मा ब्लोन तामाङ, सह संयोजक रोशिला तामाङ, राम लामा, जिता लामा, सन्चारकर्मी सन्जय मल्ल लगायतले बोलेका थिए । कार्यक्रमको निर्णायकरुमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, गीतकार तीर्थ तामाङ, कलाकार जानकी बोहरा, कमला गुरुङ रहेका थिए । गायक सोनाम मोक्तान, हास्य कलाकार राजेन्द्र नेपाली, युवराज भण्डारी लगायतले प्रस्तुती राखेका थिए ।
कार्यक्रम बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको थियो ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु