महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लगाइने एचपीभी खोपसम्बन्धी जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखिकरण तथा पत्रकार एवं सञ्चारकर्मीहरुसङ्ग अन्तरक्रिया गोष्ठी गरिएको छ । बिहिबार प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको आयोजनामा एचपीभी खोप विरुद्धको बारे अभिमुखिकरण एवं अन्तरक्रिया गोष्ठी गरिएको हो ।
उक्त कार्यक्रममा महिलाको पाठेघरको मुखको क्यान्सर बारे जानकारी, संक्रमणका लक्षण, रोकथामका उपाय, अभियानमा प्रयोग हुने एचपीभी खोपको परिचय, खोप सेवा सञ्चालनको पृष्ठभूमिसाथै खोप सेवा सञ्चालनको औचित्य, खोप सेवाका लक्षित उमेर समूह र संख्या तथा खोप अभियान सञ्चालन कार्यनीति बारे जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंले जानकारी गराए ।
यस्तै, खोपको मात्रा र दिने विधी, खोप दिन नहुने अवस्था, खोप दिने स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने अवस्थाहरु, सुईको डर वा चिन्ताले देखिने प्रतिक्रिया व्यवस्थापन बारेमा समेत चापागाईंले प्रकाश पारेका थिए ।
यहि माघ २२ देखि २७ गतेसम्म जिल्लाभर सञ्चालन हुने खोप अभियानमा यहाँका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप लगाइने जनस्वास्थ्य प्रशासक चापागाईंले जानकारी दिए ।
कक्षा – ६ देखि १० सम्मका छात्राहरु साथै लक्षित उमेर समूहमा रहेका विद्यालय नजाने किशोरीहरु गरी स्याङ्जाका नौ हजार तीन सय १९ जनालाई खोप लगाइने चापागाईंले बताए ।
महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका ३१९ वटा खोप केन्द्रबाट स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सहयोगमा एचपिभी खोप लगाइने उनले बताए ।
अहिले यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमा पुगेर र लक्षित उमेर समूहमा रहेका विद्यालय नजाने किशोरीहरुलाई परिचय खुल्ने कागजपत्रसहित पायक पर्ने विद्यालयमा र अन्त्यमा यहाँका स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ ।
सरकारले देशव्यापी रुपमा यहि माघ २२ देखि फागुन ६ गतेसम्म १० देखि १४ वर्षसम्मका बालबालिकालाई एचपीभी विरुद्धको खोप दिन लागेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ