प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन भएको हो ।
छैठौं अधिवेशनबाट अर्यालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा जीवनप्रसाद अर्याल, महिला उपाध्यक्षमा अनिता गौतम, सचिवमा नारायण प्रसाद कोइराला, सहसचिवमा रोशन लामिछाने र मुना न्यौपाने र कोषाध्यक्षमा गोपाल अधिकारी रहेका छन् ।
यस्तै, सदस्यहरुमा राम बहादुर रोकाहा, माधवप्रसाद रेग्मी, विश्वेश्वरप्रसाद पोख्रेल, योमकान्त गैह्रे, निशान भट्टराई र यमकला अधिकारी (करुणा) रहेका छन् । अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा मोहन गुरुङ र कला राना चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा हरिप्रसाद सुवेदी (सुशील) र राधिका पौडेल चयन भएका छन् ।
अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले वर्तमान सरकार सधैं प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेक बताउँदै देश र समाज रुपान्तरणका लागि पत्रकारहरु इमान्दार र क्रियाशिल रहेर पत्रकारितालाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
अधिवेशनमा नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव, स्कुल विभाग प्रमुख पूर्व मन्त्री प्रदिप ज्ञवाली, पोलीट व्यूरो सदस्य तथा प्रदेश स्कुल विभाग प्रमुख तथा पूर्व माननीय टुकराज सिग्देल, नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सिता सुन्दास, केन्द्रीय सदस्य सिमा क्षेत्री, केन्द्रीय सदस्य किशोर विक्रम मल्ल, केन्द्रीयअनुशासन आयोग सदस्य चक बहादुर पराजुली, नेकपा एमाले प्रदेश कमिटी उपाध्यक्ष मिन प्रसाद गुरुङ, प्रदेश कमिटी सचिव घनन्जय दवाडी, जिल्ला कमिटीका अध्यक्ष सूर्य प्रसाद गैह्रे(पारस), उपाध्यक्ष महेश पुरी, सचिव रामचन्द्र भट्टराई, प्रचार विभाग प्रमुख एवं उपसचिव चिनमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस