पोखरा । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसका अवसरमा कास्की शाखाले प्रेस चौतारी पत्रकारिता सम्मानबाट पत्रकार गणेशमान गुरूङलाई सम्मानित गरेको छ । सो अवसरमा प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट इन्द्रप्रसाद पौडेललाई पुरस्कृत गरेको छ ।
प्रमुख अतिथि प्रैस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलगायतले पत्रकार पौडेललाई नगद २२ हजार २ सय २२ रुपैयाँ र सम्मानपत्र प्रदान गरे ।
कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गर्न शान्ति गुरूङको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । समितिको सिफारिस बमोजिम प्रतिभा चयन गरिएको सचिव रञ्जन अधिकारीले बताए ।
पुरस्कृत पत्रकार पौडेल २ दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । प्रेस चौतारी नेपाल गण्डकी अध्यक्षसमेत रहेका उनी हाल कान्तिपुर टेलिभिजन र मैदानन्यूज डटकममा आबद्ध छन् ।
अर्का, सम्मानित पत्रकार गुरूङ २६ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । २०५५ सालदेखि पत्रकारिता सुरू गरेका उनी हाल सगरमाथा टेलिभिजनमा आबद्ध छन् ।
प्रेस चौतारी कास्कीले यसअघि राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ ।
प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट चौतारीका संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसकेका छन् । यसैगरी, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भएका छन् ।
चौतारी कास्कीका कावा अध्यक्ष मोतीसागर अधिकारीको अध्यक्षतामा भएको समारोहमा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेकपा (एमाले) कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्री, उपाध्यक्ष भेषराज बराल, प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, प्रेस युनियन कास्की अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बराल, सम्मानित पत्रकार गणेशमान गुरुङ, पुरस्कृत पत्रकार इन्द्रप्रसाद पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सोक्रममा चौतारीतर्फबाट पत्रकार महासंघ गण्डकी र कास्की शाखा साथै खेलकुद पत्रकार मञ्चमा नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई खादा ओढाई सम्मान गरिएको थियो । कार्यक्रम संचालन सचिव रञ्जन अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो