भूकम्पले घर भत्किएर अस्थायी टहरामा बस्दै आएका सिरानचोक गाउँपालिका–४ माझगाउँका पिताम्वर पोखरेलको यस पटक नयाँ घरमा दशै मनाउने ठुलो रहर थियो । रहर पुरा गर्न उनले धमाधम घर पुननिर्माण पनि गरिरहेका थिए । तर गाउँ नजिकैको खहरे खोलामा पहिरो गएपछि उनको घर पुननिर्माणको काम रोकिएको छ ।
पहिरोका कारण सडक अवरुद्ध भएसँगै निर्माण सामाग्री ढुवानी हुन सकेको छैन । ‘गएको असार १३ गते पहिरो गयो,’ उनले भने, ‘पहिरोले सडक सबै पुरिएको छ, गाडी नआएर सामान ल्याउन सकेको छैन ।’ पोखरेलले गत जेठमा घर बनाउन शुरु गरेका थिए । घरको गाह्रो लगाउने काम हुदै थियो । तर निर्माण सामग्री अभावमा काम रोकिएको छ ।
‘बल्ल बल्ल काम गर्ने मजदुर पाइएको थियो तर अहिले सामान ल्याउन नसकेर काम नै रोकिएको छ,’ उनले भने । पहिरो हटाउनका लागी वडा अध्यक्षलाइ वारम्वार आग्रह गरेपनि वेवास्ता गरेको उनको गुनासो छ । वडा अध्यक्ष मात्र होइन उनले गाउँपालिकामा पनि खवर गरेका थिए । तर गाउँपालिकाले पनि पहिरो हटाउन कुनै चासो नदिएको उनको आरोप छ । ‘सरकार चाडै घर बना भन्छ, इन्जिनियर आएर पटक पटक कराइरहन्छ तर पहिरोले सामान ल्याउन नपाएर घर अलपत्र परेको समस्या कसैले बुझ्दैन,’ पोखरेलले गुनासो पोखे । अस्थायी टहरामा बस्दा समस्या भएको उनले बताए ।
‘सधै कति अस्थायी टहरामा दशै मनाउने भनेर यस पटक चाही नयाँ घरमा मनाउनुप¥यो भनेको पहिरोले सामान ल्याउन नपाएर काम नै रोकियो,’ उनले भने । अस्थायी टहरामा सर्पको डर सँगै बर्षातमा पानी चुहिएर समस्या हुने गरेको उनले बताए । उनी मात्र होइन सोही ठाउँका बिष्णु पोखरेलको पीडा पनि उस्तै छ । अहिले सम्म घर पुननिर्माण भइसक्नुपर्ने भएपनि पहिरोले काम अवरुद्ध भएको उनी बताउछन् । ‘वालुवा, सिमेन्ट र जस्ता ल्याउनुपर्ने छ, तर पहिरोले बाटो बन्द भएर सामान ल्याउन पाएको छैन,’ उनले भने । सामान अभावमा काम पनि ठप्प भएको उनले बताए ।
माझगाउँका भूकम्प पीडित मात्र होइन पहिरोका कारण सोही सडक हुदै जाने थामपाटा, आरुवोटे, फिरफिरे, जैसिथोक, सालबोट लगायतका भूकम्प पीडितहरुको पुननिर्माणको काम रोकिएको छ । पहिरोले बाटो अवरुद्ध भएर सामान ढुवानी हुन नसक्दा नीजि आवास पुननिर्माणको काम प्रभावित बनेको हो । नीजि आवास पुननिर्माण प्रभावित हुदा यस पटकको दशै पनि अस्थायी टहरामा मनाउन सो क्षेत्रका पीडितहरु बाध्य हुने भएका छन् ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह