पोखरा । सांगीतिक विरासत फर्काउन पोखरामा भोलि शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा भोलि यो कार्यक्रम गर्न लागेको हो ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवम् गण्डकी प्रदेश सरकारका संस्कृति तथा प्रविधि मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष आतिथ्यतामा हुने कार्यक्रम भोलि शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म हुने जनाइएको छ ।
नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउन कार्यक्रम गर्न लागेको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल ७ वटा व्याण्डहरुले प्रस्तुती दिनेछन् ।
कार्यक्रम संयोजक श्रेष्ठका अनुसार शनिबार कन्दरा (विवेक श्रेष्ठ)ले कन्दराले भोलि तगारोमा रुमाल राखी, तिमी पारी र लेककी हे माया गीतहरु गुञ्जाउनेछ ।
डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ)ले भोलि झ्याम्म झ्याम्म, कैलाशैमा, झ्याम्मै चौतारी र तारा खस्यौली गीत गाएर दर्शकको मन जित्नेछन् ।
पोखरा सांगीतिक कलाकार संघका अध्यक्षसमेत रहेका लेकाली व्याण्डका हर्कराज गुरुङ –भाई र नवीन गुरुङले पालैपालो यो मुटुमा, सपनीमा, कहाँबाट र पहिलो नजर गीत गुञ्जाएर दर्शकलाई फरक स्वाद पस्कनेछन् ।
कार्यक्रममा देउराली व्याण्ड (शान्त बज्राचार्य)ले देउरालीले ढुंगे साँघुको मेलामा, लुकीचोरी र सररर हावा गीतहरु प्रस्तुत गर्दा ब्रोसिस व्याण्ड (प्रकाश राना)ले चाईना कम्पनी र जादू तिम्रो नजरले गुञ्जाउनेछन् ।
कार्यक्रममा मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ)ले जिन्दगीको के भरोसा र मन मनै मन पराई सकेछु गीत गुञ्जाउँदा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ)ले यो जिन्दगानी र उकाली चढी गीतहरु प्रस्तुत गर्नेछन् ।
व्याण्डहरुको राजधानी पोखराको विरासत फर्काउन कार्यक्रम कोशेढुंगा सावित हुने आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । ९० को दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको उक्त सांगीतिक विरासत फर्काउन कार्यक्रम गर्न लागिएको उनले बताए ।
सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए । पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु हो,उनले भने,‘कार्यक्रममार्फत पोखरालाई रिब्राण्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुव्र्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नुपनि कार्यक्रमको उद्देश्य हो ।’
कार्यक्रममा सहभागिले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्ने कार्यक्रम संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए ।
कार्यक्रमका प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले पोखराको सांगीतिक आकाश फराकिलो बनाउन कार्यक्रमले सघाउने बताए । यसले पर्यटनको राजधानी पोखराको रिब्राण्डिङ गर्ने उनको भनाई छ ।
कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी)को प्रस्तुतीमा हुने कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गण्डकी प्रदेश सरकारको सहकार्य रहेको छ भने पोखरा महानगरपालिका प्रवद्र्धकका रुपमा रहेको छ ।

ब्याक टु नाईन्टिजको टाईटल स्पोन्सर्डमा कुमुदिनी होम्स र एनटीएचएमसी
पोखरामा भोलि शनिबार हुने ‘ब्याक टु नाईन्टिज’ (विरासतलाई फर्केर हेर्दा) कार्यक्रमको टाईटल स्पोन्सर्ड नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट (एनटीएचएमसी) र कुमुदिनी होम्स उच्च माविले गरेको छ । नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको उक्त सांगीतिक विरासत फर्काउन आयोजित सो कार्यक्रमको टाइटल स्पोन्सर्डमा पोखरा–१४ छिनेडाँडामा रहेको एनटीएचएमसी र पोखरा–४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स उच्च मावि जोडिएको हो । कार्यक्रमका लागि दुई पक्षबीच सम्झौता भइसकेको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए ।
पर्यटनको एउटा पाटो गीत, संगीतपनि भएकाले त्यसको विकास, बिस्तार, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा नीजि क्षेत्रलेपनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले ब्याक टु नाईन्टिज (विरासतलाई फर्केर हेर्दा कार्यक्रमलाई टाइटल स्पोन्सर्ड गरेको नेवा खल कास्कीका अध्यक्षसमेत रहेको कुमुदिनी होम्स र एनटीएचएमसीका व्यवस्थापन समिति अध्यक्ष अशोक पालिखेले बताए । कला, संगीतको विकास राज्यले गरेन भनेर मात्र हुँदैन,उनले भने,‘हामीपनि राज्यकै एक अंग हौं । यसको विकासका लागि हामी नीजि क्षेत्र र नागरिकलेपनि भूमिका खेल्नुपर्छ । त्यहि उद्देश्य राखेर हामीले टाइटल स्पोन्सर्ड गरेका हौं ।’
पालिखेले ब्याक टु नाईन्टिज कार्यक्रमले सांगीतिक विरासत फर्काउँदै सुस्ताएको पर्यटनलाई माथि उकास्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’