तनहुँ । व्यास १४ केशवटार स्थित केशवटार माविमा शनिवार अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ दमौलीको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । अभिभावकलाई सचेत पार्दै शिक्षाको गुणस्तर वृद्धि सँगै बालको सर्वाङ्गिण विकासमा मदत पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम व्यास १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठको प्रमुख आतिथित्वमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै श्रेष्ठले अभिभावक सचेतना कार्यक्रमले केशवटार माविलाई उक्त क्षेत्रको नमुना विद्यालय बनाउने वडाको योजनालाई थप सघाउ पुगेको बताए । सामुदायिक विद्यालयप्रति अभिभावकको चासो घट्दै गइरहेको चर्चा गर्दै उनले कार्यक्रम व्यवहारिक तथा महत्वपुर्ण भएको बताए । रोटरी र विद्यालयको नाताले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने श्रेष्ठको विश्वास थियो ।

त्यस्तै गरी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बसुन्धरा भट्टराईले विद्यालयमा खानेपानी तथा शौचालयको समस्या समाधानमा पहल गर्न रोटरी क्लबसँग आग्रह गरिन् । सामुदायिक विद्यालयमा अभिभावकको कम चासोका कारण सोचे जस्तो प्रतिफल पाउन नसकेको उनको गुनासो थियो । विद्यालयका प्रअ दुर्गा वहादुर थापाले रोटरीको रचनात्मक सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक स्तर उकास्न अभिभावक सचेतना अति आवश्यक भएको बताए । शिक्षक, विद्यार्थी र अभिभावक बिचको त्रिकोणात्मक सम्बन्ध बलियो भए मात्र विद्यालयको अपेक्षित विकास सम्भव हुने उनको भनाई थियो ।

कार्यक्रममा रोटरीका अध्यक्ष सन्तोष श्रेष्ठले रोटरीले शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । रोटरी सेवालाई नै प्रमुख मन्त्र मानेर अगाडि बढेको विशुद्ध सामाजिक संस्था भएको उनको भनाइ थियो । कार्यक्रममा अभिभावक ज्योति आले, उजेली वि.क लगायतले आफ्नो धारण राखेका थिए ।
अभिभावकलाई रोटरीयन बिना कैनीले प्रशिक्षण दिएकी थिइन् । उनले बाल विकास, बाल अधिकार, बाल अधिकार, बाल संरक्षण, बाल सहभागीता, सरसफाइका सुचक, बालबालिका प्रति शिक्षक तथा अभिभावकको दायित्व लगायतको विषयमा सैदान्तिक तथा व्यवहारिक रुपमा प्रशिक्षण दिएकी थिइन् । त्यस्तै क्लबका निवर्तमान अध्यक्ष महेन्द्र न्यौपानेले बाल मनोविज्ञान बुझी बालकको रुचि, चाहना अनुसार कसरी व्यवहार गर्ने भन्ने सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु देवकुमार श्रेष्ठ, वानेश्वर मल्ल, रजिनलाल श्रेष्ठ, इनरह्वील क्लबकी निवर्तमान अध्यक्ष निर्मला मल्ल, अध्यक्ष अरुणा श्रेष्ठको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा धन्यवाद ज्ञापन पुर्व अध्यक्ष देवकुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन सहसचिव गिरिजा सुवेदीले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्