पोखरा । २४ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
जारी प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा शनिबार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो। यसअघिका ३ प्रतियोगिताको पहिलो खेलमै पराजित पुलिसले यस प्रतियोगितामा सम्भावना कायम राखेको हो ।
पुलिसलाई जीत दिलाउन विवेक पाण्डे र कप्तान राम बाजीले गोल गरे।
विवेकले २८ औं मिनेटमा कर्नरमा गोल गर्दैै टोलीलाई अघि बढाए। ४० औं मिनेटमा विवेककै कर्नरमा रामले हेड मार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
पुलिस पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो ।
पुलिसले सेमिफाइनल फाइनलमा चर्च ब्वाइज युनाइटेड र साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबमध्ये एकसँग खेल्ने छ।
पुलिसले २०५८ (काराभान गोल्डकप) सहित २०५९, २०६४,२०६५, २०६६ र पछिल्लो पटक २०७४ मा गरि ६ पटक आहा ! रारा गोल्डकपको उपाधि जितेको थियो।
प्रतियोगितामा आइतबार मच्छिन्द्र फुटबल क्लब र ५ पटकको विजेता थ्री स्टार क्लबबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ।
यसपटक प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। आहा ! राराको खेल हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको छ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’