वालिङ चेम्बर अफ कमर्सको आयोजनमा वालिङ् खेलमैदानमा ‘प्रथम पिंक सिटि महोत्सव वालिङ-२०८१’ हुने भएको छ ।
‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नाराका साथ फागुन २१ देखि चैत्र ३ गतेसम्म महोत्सवको आयोजना गरिएको वालिङ् चेम्बर अफ कमर्सका महासचिव तथा प्रवक्ता गणेश राउतले जानकारी दिए ।
वालिङ् चेम्बर अफ कमर्सले आगामी फागुन ९ देखि १८ गतेसम्म गर्ने भनेको महोत्सवको मिति सारेको हो । यसअघि ‘प्रथम वालिङ् सिटि महोत्सव – २०८१’ हुने जानकारी गराएको चेम्बरले महोत्सवको नाम फेरेर मिति पनि सारेको हो ।
वालिङ् उद्योग वाणिज्य संघले नारा र नाम मिल्दोजुल्दो भएकोमा फरक बनाउन दिएको सुझाव तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको सातौं संस्करणको स्याङ्जा महोत्सव मिति समेत एकै समयमा परेको हुनाले महोत्सवको नाम र मिति फेरिएको महासचिव राउतले बताए ।
यसअघिको जानकारीमा वालिङ् चेम्बर अफ कमर्सले ‘वालिङ्को सान, कृषि, खेलकुद, संस्कृति पर्यटन तथा औद्योगिक विकास हाम्रो पहिचान’ भन्ने मूल नारा र महोत्सवको नाम ‘प्रथम वालिङ् सिटि महोत्सव – २०८१’ राखेको थियो ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो