पोखरा । पोखराको मुस्ताङचोकमा नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
स्थापनाको १३ औं बर्षको उपलक्ष्यमा सो नवनिर्मित अत्याधुनिक भवन सञ्चालनमा ल्याइएको हो ।
करिब १८ करोडको लगानी रहेको सो अस्पतालमा इमर्जेन्सी लगायत २५ शय्या रहेका छन् । यस अगाडि पोखरा–१७ बिरौटामा रहेर सेवा दिइरहेको थियो ।
पेट, छाती, मुटु, हाडजोर्नी, नशा, बाथ, जोर्नी प्रत्यारोपण, स्पोर्टस इन्जुरी, स्त्री तथा प्रसुति, निसन्तान (बाझोपन), बालरोग लगायतका विशेषज्ञ सेवाहरु रहेका छन् । अस्पतालमा आईसियुको आवश्यकतालाई महसुस गरी अस्पतालले ६ शय्याको सघन उपचार कक्ष (आईसियु) समेत सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक प्रा।डा ईश्वरप्रसाद कँडेलले जानकारी दिए।
सो अस्पतालको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष डा. मनबहादुर गुरुङले चौबिसै घण्टा सेवा दिनुका साथै वार्षिकोत्सवको अवसरमा हस्पिटलमा एक सातासम्म विभिन्न उपचारमा १५ प्रतिशतसम्म छुट रहेको जानकारी दिए । उनले अस्पताललाई विशेषज्ञको सेवा केन्द्रित बनाउने बताए।

अस्पतालबाट कास्की, पर्वत, स्याङ्जा र बाग्लुङ्का नागरिकले बढी सेवा लिने गरेको अस्पतालका उपाध्यक्ष मदन रञ्जितले बताए।
यस्तै अस्पतालका सञ्चालक सदस्य रुकबहादुर गुरुङले बिरामीहरुको सेवाका लागि मासिक रुपमा निःशुल्क शिविर क्याम्प समेत राखिने जानकारी दिए।
सो अवसरमा बोल्दै पार्दी मा।विका प्राचार्य बामदेब पौडेल, सिद्धार्थ राजमार्ग टोल विकास संस्था अध्यक्ष आत्मा तुलाचन, ग्लोबल आइएमई बैंक गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा लगायतले अस्पतालको सेवालाई छिटो, छरितो, सर्वसुलभ एवं गुणस्तरीय बनाउन सुझाव दिएका थिए।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नुभएका डा. राजीव लालचन र उत्कृष्ट कर्मचारी एलिना सिंहलाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर