पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा शुक्रबार गण्डकी प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगिता हुँदैछ । सोही प्रतियोगिताबीच दुई अग्रज गायक प्रजापति पराजुली र पुरुषोत्तम न्यौपानेलाई सम्मान गरिने भएको छ ।
दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको बैठकले पराजुली र न्यौपानेलाई सम्मान गर्ने निर्णय गरेको हो । लोकदोहोरीको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याएकोमा उनीहरुलाई सम्मान गर्न लागिएको हो । दुवै जना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष हुन् ।
विसं २०२० सालमा कास्कीको भदौरेमा जन्मिएका लोक गायक प्रजापति पराजुलीका ‘के खान्चेउ कमला सुन्तला कि आमला ’, ‘बेदनाको पोको’लगायत गीत परिचित छन् । पराजुलीले भजन–चुड्का, तीजका गीतमा पनि स्वर दिएका छन् । पराजुलीकाअनुसार नेपालमा पहिलो लोक दोहोरी गीत प्रतियोगिताको सुरुवात २०३८ साल असोज १ गते डाँफे कला मन्दिर पोखरामा भएको थियो । जसको आयोजना नेपाल कलाकार संघ जिल्ला कार्यसमिति कास्कीले गरेको थियो ।
अर्का सम्मानित व्यक्तित्व पुरुषोत्तम न्यौपाने स्याङजाको कालीगण्डकी गाउँपालिका–५ बलाम बेलटारीमा विसं २०२९ सालमा जन्मिएका हुन् । न्यौपानेका ‘सरर पानी घट्टमा’, ‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘ऐना हेरेर’, ‘मायाले मार्यो’, ‘मिर्मी मुनि काली थुनेको’, ‘ढुंगेधारामा’, ‘देउरालीमा धजा’लगायत गीत चर्चित छन् । स्याङजामा जन्मिएपनि उनी पोखरामा बसेर संगीत कर्ममा सक्रिय छन् । उनी रेडियो नेपालमा कार्यक्रम अधिकृत पनि हुन् ।
दोहोरी प्रतियोगिता र सम्मान कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा हुनेछ । दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रतियोगितामा १३ टिमले भाग लिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन
गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु