पठन संस्कृतिको विकास, लेखक–पाठकबीचको संवाद तथा बौद्धिक विमर्शलाई निरन्तरता दिने उद्देश्यले र्यान्डम रिडर्स सोसाइटीको १२९औँ शृङ्खला सम्पन्न भएको छ।
शृङ्खलाअन्तर्गत कवि तथा लेखक समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा गरिएको हो।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य दीपक समीपको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विपिन आचार्यले ‘साहीमासा’ माथि कार्यपत्र प्रस्तुत गरेका थिए। संस्थाका उपाध्यक्ष नेपाल प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव ध्रुव केसीले गरेका थिए।
परिचर्चाका क्रममा ‘साहीमासा’मा अभिव्यक्त प्रेम, सामाजिक यथार्थ, मगर समुदायको मौलिक सांस्कृतिक सौन्दर्य, जीवन–संघर्ष तथा समकालीन समाजका विविध अनुभूतिका विषयमा गहन बौद्धिक अन्तरसंवाद भएको थियो।

कार्यपत्र प्रस्तुति, लेखकको धारणा तथा सहभागी पाठकहरूका जिज्ञासा, टिप्पणी र प्रतिक्रियाले कार्यक्रमलाई थप अर्थपूर्ण र जीवन्त बनाएको थियो। परिचर्चाले ‘साहीमासा’लाई कविताको कृतिका रूपमा मात्र नभई समुदाय, संस्कृति, प्रेम र जीवनका बहुआयामिक अनुभूतिको अभिव्यक्तिका रूपमा बुझ्ने अवसरसमेत प्रदान गरेको आयोजकले जनाएको छ।
ज्ञान, विचार र पठन संस्कृतिको प्रवर्द्धनमा समर्पित सोसाइटीले कार्यक्रम सफल बनाउन समय, विचार र सहभागिता प्रदान गर्ने लेखक बिन्दा पाण्डे, अवधारणा–पत्रमार्फत योगदान गर्ने स्ट्रगल राना तथा आफ्ना जिज्ञासा, टिप्पणी र विमर्शमार्फत कार्यक्रमलाई जीवन्त बनाउने सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेको छ।
पठनलाई संवादसँग, संवादलाई विचारसँग र विचारलाई समाजसँग जोड्ने उद्देश्यसहित र्यान्डम रिडर्स सोसाइटीले आगामी दिनमा पनि यस्ता साहित्यिक तथा बौद्धिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सम्बन्धित खबर
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
यो पनि पढौँ
रामघाटमा सेती नदी थुनिँदा बन्यो ताल [तस्वीरहरू]
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी