सातौं संस्करणको स्याङ्जा महोत्सवमा मम्मी डान्सदेखि लोक भजन चुड्का प्रतियोगिता हुने भएको छ । फागुन ६ देखि १८ गतेसम्म हुने महोत्सवमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु रहेका छन् ।
महोत्सवमा परम्परागत रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता र पञ्चेबाजा प्रतियोगिता पनि रहेको प्रतियोगितात्मक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक रविन्द्र केसीले जानकारी दिए ।
रत्यौली प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै, लोक भजन चुड्का प्रतियोगिता र विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन् ।
मम्मी डान्स (आमा एकल नृत्य) प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ४ हजार नगद पुरस्कार पाउनेछन् । पञ्चेबाजा प्रतियोगितामा प्रथम हुनेले ३० हजार र द्वितीय हुनेले २० हजार नगद पुरस्कार प्राप्त गर्ने संयोजक केसीले जानकारी दिए ।
प्रतियोगितात्मक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक केसीले पञ्चेबाजा प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई प्रोत्साहन स्वरुप पाँच हजार नगद प्रदान गरिने बताए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा