पोखरा । गीताञ्जली साहित्य परिवारको नियमित रचनावाचन साधनाप्रभातको २६६औं शृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रमका प्रभातनायक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले सिर्जना सभ्य समाज निर्माणको आधारशीला भएकाले स्रष्टा साधक विधर्मको बाटो नहिँड्दा राज्यसत्ता र सर्जकबीचको खाडल पुरिन नसकेको बताए ।
उनले व्यापारीले साहित्यका नाममा व्यापार गर्दा बजेट विनियोजनका लागि लाखौं रुपैयाँ हुने राज्यसँग साहित्यिक संस्थाका लागि सामान्य सहयोग नहुनु दुषित मानसिकताको उपज भएको भन्दै चिन्तासमेत व्यक्त गरे ।
संस्थाका पूर्व अध्यक्ष शिवप्रसाद गौतमले साहित्य सिर्जना स्वस्थ जीवनयापनको माध्यम भएकाले गीताञ्जलीका कार्यक्रममा अनुजदेखि अग्रज पुस्ताको सहभागिताले खुसी लाग्ने गरेको बताए ।
कार्यक्रममा साहित्यकार रुद्रबहादुर थापा, ऋषिकेश बराल, नारायण बराल, बलराम तिमिल्सिना, ऋषिराम काफ्ले, विष्णुप्रसाद पराजुली, गोविन्दप्रसाद पराजुली, ढाकामोहन बराल, प्रमिला सुनार ढुण्डीराज ज्ञवाली, महेन्द्र वि.क.लगायतले रचनावाचन गरे ।
भानु भण्डारी क्षितिजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धर्मराज पौडेल अल्पायूको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र रानाभाट र सहसचिव ढुण्डीराज ज्ञवालीले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो