पोखरा । पोखरा महानगरपालिकाको वडा नं. १४ र २६ जोड्ने डहरे साँघु सडकको वडा नं. १४ तर्फ निर्माण कार्यको सोमबार शुभारम्भ भएको छ ।
दुई वडालाई जोड्ने सडकको वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्की र २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त रुपमा निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।
निर्माण शुभारंभ पछि बोल्दै वडा नंं २६ का अध्यक्ष थापाले डहरेको साँघु देखी वडा नं. २६ को क्षेत्रमा गत बर्ष सडक कालोपत्रे भएपनि १४ तर्फ सडक नवन्दा यात्रुले सास्ती खेप्नु परेको बताए । उनले एकातर्फ राम्रो सडक देखेर आउने यात्रु पुल पारिपट्टी पुग्दा सास्ती खेप्दै फर्कनु परेकोमा सडक निर्माणले अव सहज बनाउने उल्लेख गरे । अध्यक्ष थापाले बुढीबजार सक्नेरी हुँदै डहरेको साँघुसम्मको सडकको बिग्रेको खण्डमा यसैबर्ष रिसोलिङ गरिने बताए । उनले सडकवत्ती जडान गरी रातीको समयमा समेत यात्रा गर्न मिल्ने गरी वडाले कार्य अगाडी बढाएको समेत स्पष्ट पारे ।
वडा नंं १४ का अध्यक्ष बोधबहादुर कार्कीले पारीपट्टी राम्रो सडक देखेर वारी आएका यात्रुले आलोचना गरेको स्मरण गर्दै, धेरै पछि भएपनि राम्रो कामको शुरुवात भएको बताए । उनले निर्माण कम्पनीलाई समयमै सडक निर्माण सक्नेगरी कार्य गर्न आग्रह गरे ।
संघीय सरकारको ६३ लाख ४९ हजार ३ सय ६५ रुपैयाको लागतमा उक्त सडक निर्माण हुन लागेको हो । सडकको १ करोड रुपैयामा बोलपत्र आब्हान भएकोमा कमल पोखरी निर्माण सेवा पोखरा १३ ले उक्त रकममा ठेक्का प्राप्त गरेको हो । सडक वडा नं. १४ को राधाकृष्ण टोलदेखी डहरेको साँघुसम्म नाला सहितको ढलान हुनेछ ।
निर्माण व्यवसायी गोविन्द बि.क. ले बैशाख मसान्तसम्म सडक सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् ।
वडा नंं २६ का वडाध्यक्ष थापाले उक्त सडक भएर आवात जावत गर्नेलाई निर्माण अवधिभर बैकल्पीक सडक प्रयोग गर्न आग्रह समेत गरेका छन् ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?