पोखरा । द आर्ट अफ लिभिङ गण्डकी प्रदेशको आयोजनामा कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी ‘प्रिजेन्ट स्मार्ट’ ८ दिने तालिम प्रदान गरिएको छ ।
तालिमको समापन समारोहमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जान अन्जानमा मानिसले रीस आवेगमा आएर विभिन्न अपराध कर्म गर्ने जनाउँदै कैद भुक्तान पछिको जीवनलाई सुन्दर र सफल बनाउन योग ध्यान र ज्ञानले सहयोग पुग्ने बताए । उनले विगतका गल्तीलाई प्रायश्चित गर्दै कारागार जीवनपछि सत्कर्मबाट सकारात्मक जीवनशैलीतर्फ अग्रसर गराउने यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।
जेलर राजेन्द्र शर्माले कारागारमा रहेका बन्दीहरूको मानसिक स्वास्थ्य, आत्मबल वृद्धि र पुनः सामाजिक पुनस्र्थापनाका लागि तालिम निकै फलदायी रहेको बताउनुभयो उनले भने, “म पनि तालिममा सहभागि थिएँ, निकै उपयोगि लाग्यो साथै बन्दीहरुबाट पनि निकै सकारात्मक प्रतिक्रिया आयो ।” उनले आगामी दिनमा थप बन्दीहरुका लागि पनि यस्ता तालिम निरन्तरताको खाँचो रहेको बताए । उनका अनुसार तीन वटा ब्लकमा रहेका ३५० जनालाईतालिम प्रदान गरिएको थियो भने हाल कारागारमा ७७९ जना बन्दी रहेका छन्, जसमा ४९ जना महिला र २ जना नाबालक छन् ।
तालिममास्वामी ब्रह्माचार्य श्री चैतन्य, आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख सौमाया गुरुङ भट्टराई, प्रशिक्षक सागर पौडेल, डा. रञ्जन लामिछाने र हेमचन्द्र गुरुङले प्रशिक्षण दिएका थिए । योग, ध्यान, शारीरिक तथा मानसिक शान्ति प्राप्त गर्ने उपाय, आत्मचिन्तन, सकारात्मक सोच र दैनिक जीवनलाई अनुशासित बनाउने तरिकाहरूबारे प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिममा सहभागी बन्दीहरूले कार्यक्रम निकै उपयोगी रहेको अनुभव सुनाएका थिए । ध्यान तथा योगले मानसिक तनाव कम गर्न सहयोग पु¥याएको र विगत विर्सेर गल्तिको प्रायश्चित गर्दै आत्मसंयम र आत्मबोधलाई जागृत गराएरभविष्यमा सुधारिएको जीवन बिताउने प्रेरणा मिलेको भनाइ बन्दिहरुको थियो ।
संस्थाका गण्डकी प्रदेश प्रमुख सौमाया गुरुङले संस्थाको उद्देश्य मानव जीवनलाई तनावमुक्त, सकारात्मक र सुखमय बनाउने रहेको बताए । उनले भने, “योग, ध्यान तथा आध्यात्मिक ज्ञानको माध्यमबाट व्यक्तिलाई मानसिक तथा शारीरिक रूपमा स्वस्थ बनाउने लक्ष्य सहित ८ दिनको विशेष कोर्ष मार्फत तालिम प्रदान गरिएको हो ।” उनले विगतका कमजोरीहरूलाई सुधार्दै, वर्तमानलाई अनुशासित बनाउँदै र भविष्यलाई सत्मार्गमा डोर्याउने प्रेरणा दिन तालिम केन्द्रित रहेको जानकारी दिए ।
आर्ट अफ लिभिङ गण्डकी प्रदेश संयोजक नरेश भट्टराईले तालिममा सक्रिय सहभागिता जनाउने कैदीबन्दी र कारागार व्यवस्थापनलाई धन्यवाद दिएका थिए । बन्दीहरुको शारीरिक, मानसिक र भावनात्मक स्तरमा सुधार ल्याउनुका साथै सकारात्मक परिवर्तनको आधार तयार गर्न तालिम सफल भएको उनको भनाइ थियो । उनले कारागारका बन्दी, सुधार केन्द्र, विद्यालयहरुमा यस्ता तालिम संस्थाले प्रदान गर्दै आएको जानकारी दिए ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो