पाेखरा । नव आदर्श सामुदायिक विकास समाज लामाचौरले आयोजना गरेको रक्तदानमा १०५ युनिट रगत संकलन भएको छ ।
हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसका दिनको अवसरमा समाजको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गरिदै आएको र यस वर्षको रक्तदान कार्यक्रम २५ औं संस्करणको भएको संस्थाका अध्यक्ष दिनेश भण्डारीले बताए ।
पोखरा महानगरपालिका वडा नं. १६ वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले रक्तदाता एवं संस्थाका पूर्व अध्यक्ष द्वय बुद्धिबहादुर खत्री क्षेत्री र नविन भण्डारीलाई संयुक्त रुपमा ब्लडब्याग हस्तान्तरण गर्दै रक्तदान शुभारम्भ गरे । क्षेत्रीले संस्थाको कार्यक्रममा २३ औं पटकको रक्तदान गरिसकेका छन् भने भण्डारीले संस्थामा २४ पटक रक्तदान गरेका थिए ।

प्रादेशिक रक्त संचार केन्द्रका महेन्द्र के सीले संघ संस्थाहरुको नियमित रक्तदान कार्यक्रमकै कारण प्रदेशमा निशुल्क रगत उपलब्ध गरिदै आएको बताउदै रक्तदान जस्तो उच्च मानवीय कार्य प्रति आयोजक एवं रक्तदाताहरु लाई धन्यवाद व्यक्त गरे, कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १६ वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना, विशेष अतिथि वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे लगाएतले आ–आफ्नो भनाई राखेका थिए भने समाजमा पुर्व अध्यक्षहरु, सल्लाहकार, समाजसेवी एवं राजनितिक दलमा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
युवा रेडक्रस सर्कल गण्डकी बोर्डिङ स्कूल, एलसी ब्रदश युनाइटेड लामाचौर र जुनियर रेडक्रस सर्कल इन्द्रराज्य लक्ष्मी मावि लामाचौरको सह–आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
संस्थाका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितिय उपाध्यक्ष हरि बहादुर थापाले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन सचिव शोभा बाँनियाले गरेका थिए ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो