पाेखरा । नव आदर्श सामुदायिक विकास समाज लामाचौरले आयोजना गरेको रक्तदानमा १०५ युनिट रगत संकलन भएको छ ।
हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसका दिनको अवसरमा समाजको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गरिदै आएको र यस वर्षको रक्तदान कार्यक्रम २५ औं संस्करणको भएको संस्थाका अध्यक्ष दिनेश भण्डारीले बताए ।
पोखरा महानगरपालिका वडा नं. १६ वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले रक्तदाता एवं संस्थाका पूर्व अध्यक्ष द्वय बुद्धिबहादुर खत्री क्षेत्री र नविन भण्डारीलाई संयुक्त रुपमा ब्लडब्याग हस्तान्तरण गर्दै रक्तदान शुभारम्भ गरे । क्षेत्रीले संस्थाको कार्यक्रममा २३ औं पटकको रक्तदान गरिसकेका छन् भने भण्डारीले संस्थामा २४ पटक रक्तदान गरेका थिए ।

प्रादेशिक रक्त संचार केन्द्रका महेन्द्र के सीले संघ संस्थाहरुको नियमित रक्तदान कार्यक्रमकै कारण प्रदेशमा निशुल्क रगत उपलब्ध गरिदै आएको बताउदै रक्तदान जस्तो उच्च मानवीय कार्य प्रति आयोजक एवं रक्तदाताहरु लाई धन्यवाद व्यक्त गरे, कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १६ वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना, विशेष अतिथि वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे लगाएतले आ–आफ्नो भनाई राखेका थिए भने समाजमा पुर्व अध्यक्षहरु, सल्लाहकार, समाजसेवी एवं राजनितिक दलमा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
युवा रेडक्रस सर्कल गण्डकी बोर्डिङ स्कूल, एलसी ब्रदश युनाइटेड लामाचौर र जुनियर रेडक्रस सर्कल इन्द्रराज्य लक्ष्मी मावि लामाचौरको सह–आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
संस्थाका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितिय उपाध्यक्ष हरि बहादुर थापाले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन सचिव शोभा बाँनियाले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन