देवघाट । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा देवघाटधाम जेसीज तथा लियो क्लव देवघाट चौतारीको संयुक्त आयोजनामा बुधबार साँझ देवघाट गाउँपालिका कार्यालयको प्राङ्गणमा दीप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका अध्यक्ष देवघाट धाम जेसिज वर्ष २०२५ का अध्यक्ष प्रशन्न ढकालले वीर सहिदहरूको त्याग तपस्या र बलिदानले गर्दा नै प्रजातन्त्र, लोकतन्त्र हुँदै आज गणतन्त्र स्थापना भएको स्मरण गरे । हामीले स्वतन्त्रतापूर्वक बोल्न र आफ्ना विचारहरू राख्न पाएको सहिदहरूकै बलीदानीका कारण भएको भन्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
देवघाटधाम जेसिज वर्ष २०२५ की तालिम आयुक्त तथा लियो क्लब अफ देवघाट चौतारीकी अध्यक्ष स्वस्तिका धितालको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि तील बहादुर थापाले राष्ट्रिय प्रजतन्त्र दिवस २०८१ को शुभकामना व्यक्त गर्दै वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तथा देवघाटधाम जेसिजका मानार्थ सदस्य तिल बहादुर थापा, विशिष्ट अतिथि देवघाट गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा देवघाट गाउँपालिकाका प्रवक्ता एवम् देवघाटधाम जेसीजका मानार्थ सदस्य पूर्ण बहादुर कुँवरलगायत सहभागी थिए ।
कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य यम बहादुर मगर, देवघाट गाउँपालिकाका प्रशासन प्रमुख गोविन्द प्रसाद पौडेल, लेखा अधिकृत सरद न्यौपाने, इन्जिनियर तिर्थराज ढुङ्गाना, लेखापाल सञ्जय शर्मा लगायत अन्य कर्मचारीहरुको साथै देवघाटधाम जेसीज तथा लियो क्लब अफ देवघाट चौतारीका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?