सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि

सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि

dhs_11

स्याङ्जा अस्पतालमा जाँच गर्न पुगेका बिरामीलाई म्याद गुज्रिएका औषधि वितरण गर्ने गरिएको पाइएको छ । दुई दिन अगाडि मात्र चेकजाँचका लागि पुगेका एक बिरामीलाई यहाँको फार्मेसीबाट म्याद गुज्रिएको औषधि दिइएको हो ।

नाम नबताउने सर्तमा पुतलीबजार नगरपालिका – १ का एक बिरामीलाई उनले प्रयोग गर्ने फ्लूम्याक्स – १० नामक औषधि अस्पतालको फार्मेसीले एक महिना प्रयोगका लागि म्याद गुज्रिएको औषधि दिएको जानकारी दिए ।

यस बारेमा स्याङ्जा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुशील मरासिनीले सो औषधि भुलबस दिन पुगेको बताउँदै आगामी दिनहरुमा यस्ता गल्ती सुधार गर्ने बताए । मेसु मरासिनीले औषधि वितरण गर्ने बेलामा म्याद हेरी म्याद गुज्रिएका साथै म्याद गुज्रिन लागेकालाई भण्डारन गरेर राख्ने समेत प्रतिबद्धता जनाए ।

अस्पतालमा बिमाको कार्यक्रम सुरु भएसङ्गै बिरामीको चाप समेत बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल फार्मेसीबाट दैनिक जसो दुई सय जना बिरामीलाई औषधि वितरण हुँदै आएको छ ।

अस्पताललाई विश्वास गरेर चेकजाँच गरेर औषधि सेवन गर्दै आएका बिरामीहरुले पनि आफूले प्रयोग गर्ने औषधिहरुको म्याद हेरेर मात्र प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds