नयाँ वर्षको स्वागतका लागि २० औं पटक आयोजना गर्न लागिएको फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडमा यो महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि उत्तिकै महत्व दिएर मनाउने र नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको संयोजक सुवेदीले प्रष्ट्याए ।
देशविदेशका पर्यटलाई पोखरामा आकर्षित गर्ने र फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्देश्य पनि महोत्सवले राखेको छ । ड्यामसाइडदेखि गैराको चौतारासम्मको ३ किलोमिटरभन्दा लामो क्षेत्रमा सडकमै यो महोत्सव आयोजना हुनेछ । निःशुल्क प्रवेशको व्यवस्था महोत्सवमा हुने आयोजक समितिले जनाएको छ । विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाचगान, पर्यटकीय स्टलहरु र खेलकुदका कार्यक्रमसमेत महोत्सवमा समेटिने छन् ।
महोत्सवका आगन्तुक र पोखरा आउने पाहुनालाई संघले प्रदान गर्ने विशेष छुटको घोषणा छिट्टै गरिने संघले स्पष्ट पारेको छ । पछिल्लो क्रममा स्तरोन्नति हुँदै गरेको पृथ्वी राजमार्गको धेरैजसो खण्डको यात्रा पनि सहज हुन थालेको जनाउँदै संयोजक सुवेदीले पाहुनाहरुलाई नेपाली नयाँ वर्ष मनाउन पोखरा आउन आव्हान गरे ।
महोत्सवलाई व्यवस्थित रुपमा अगाडि बढाउन आयोजक समितिले उपसमितिका संयोजकहरुको जिम्मेवारी बाँडफाँडसमेत गरेको थियो । संघका प्रथम र द्वितीय उपाध्यक्ष क्रमशः दीपक श्रेष्ठ र गणेशराज पहारी महोत्सव सहसंयोजक छन् । संघका अन्य पदाधिकारी र सदस्यलाई पनि विभिन्न जिम्मेवारी दिइएको छ ।
महोत्सवको प्रचार तथा आन्तरिक पर्यटकलाई बढवा दिन संघले दुई दशक अघिदेखि जाउँ है पोखरा अभियान समेत सञ्चालन गर्दै आएको महोत्सवका सहसंयोजक गणेशराज पहारीले स्मरण गरे ।
यसैबिच, संघले नेपाल पर्यटन बोर्ड गण्डकीको प्रमुखका रुपमा पोखरा आएका मणिराज लामिछानेलाईस्वागत गरेको थियो । सो अवसरमा प्रमुख लामिछानेले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा संघसँग हातेमालो गरेर अगाडि बढ्ने वाचा गरे ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?