सुन्दरकुमार थकाली, मुस्ताङ । यसवर्षको ४८ औ थाक खेलकुद च्याम्पियनशिप रनिशल्ड प्रतियोगिता अन्तर्गत पुरुष भलिबलतर्फ साविक बिजेता निर्मल स्पोटिङ क्लव लेते तथा महिला भलिबलतर्फ धौलागिरी यूवाक्लव कोवाङ च्याम्पियन भएका छन् ।
थाक खेलकुद तथा सांस्कृतिक बिकास संघ मुस्ताङको आयोजनामा भएको आईतबार सम्पन्न पुरुष तथा महिला भलिबल फाईनलमा लेते र कोवाङका यूवा क्लवहरु च्याम्पियन बनेका हुन् ।यसअघि भएको पुरुष सेमीफाईनलमा सिक्ससोल्टिज क्लव घाँसाले धौलागिरी यूवाक्लव कोवाङलाई ३–२ को सेटमा कठिन जीत निकालेको थियो । घाँसाले २५–१८,२५–१७ र १५–११ स्कोरले जीत्दै फाईनल प्रबेश गरेको हो ।यसैगरी अर्को फाईनललिस्ट लेतेले २५–२०,२५–१७ र २७–२५ को सोझो सेटले अन्नपूर्ण यूवा क्लव ताक्लुङलाई पराजित गर्दे सिक्ससोल्टिज क्लव संगको फाईनल यात्रा सुरक्षित गरेको हो ।
निर्मल स्पोटिङ क्लव लेते भर्सेज सिक्ससोल्टिज यूवाक्लव घाँसा आमने सामने हुँदा निर्मल स्पोटिङ क्लव पुरुष भलिबलको उपाधि जितेको हो ।निर्मल स्पोटिङले सिक्ससोल्टिजलाई २८–२६,२५–२३ र २७–२५ को सोझो ३ सेट जित्दै उपाधि सुरक्षित गरेको हो ।त्यस्तै ,महिला भलिबलतर्फ धौलागिरी यूवा क्लव कोवाङले निर्मल स्पोटिङ क्लव लेतेलाई २५–२१,२५–८ र २५–१९ को स्कोरमा ३–१ सेटले उपाधि जितेको हो ।यसअघि कोवाङ भर्सेस घाँसा र लेते भर्सेस टुकुचे आमने सामने भएका थिए ।
४८ औ संस्करणको पुरुष भलिबलको च्याम्पियन निर्मल स्पोटिङ क्लव लेतेले रनिङशिल्ड ,मेडल ,ट्रफीसहित नगद ४० हजार पुरस्कार प्राप्त गरे ।उपबिजेता सिक्ससोल्टिज यूवा क्लव घाँसाले मेडल ,ट्रफीसहित नगद २५ हजार पाए ।यसैगरी महिला भलिबलतर्फ च्याम्पियन बनेको धौलागिरी यूवा क्लव कोवाङले रनिङशिल्ड,मेडल,ट्रफीसहित नगद २५ हजार प्राप्त ग¥यो ।उपबिजेता निर्मल स्पोटिङ क्लव लेतेले मेडल ,ट्रफीसहित १५ हजारमा चित्त बुझायो ।
पुरुष तथा महिला भलिबल खेलका बिजेता र उपबिजेता टिमलाई सांसद प्रेमप्रसाद तुलाचन,जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ तथा थाकखेलकुद तथा सांस्कृतिक बिकास संघका अध्यक्ष चन्द्रमोहन गौचनले पुरस्कार हस्तान्तर गरे ।यसअघि भएको थाक खेलकुद आर्चरीतर्फ निर्मल स्पोटिङ यूवाक्लव बिजेता र नीलगिरी यूवाक्लव उपबिजेता भएको हो ।
यसवर्षको थाक भलिबल मुस्ताङ सुन्दरीको २०७५ को ताज थासाङ गाउँपालिका १ टुकुचेकी १६ वर्षिया बिद्यार्थी अपेक्षा थकाली घोषित भईन् ।थकालीले आफ्ना ७ वटा क्लवका प्रतिस्पर्धीलाई पाखा लगाउदै मिस मुस्ताङ घोषित भएकी हुन् ।मिस मुस्ताङ घोषित थकालीले सौन्दर्यता भनेको के हो ? र मिस मुस्ताङ घोषित भए तपाई कसरी हिमालपारीलाई चिनाउन सक्नुहुन्छ? भन्ने निर्णायकले सोधेको प्रश्नको तार्किक उत्तर दिदै मिस मुस्ताङ बनेकी हुन् ।
त्यस्तै थाक खेल अन्तर्गतका अन्य बिधातर्फ उत्कृष्ट थकाली गीत तथा नृत्य प्रतियोगिता,खुल्ला नृत्य प्रतियोगिता ,एकल गायन प्रतियोगिता आदीका उत्कृष्ट क्लव तथा सहभागिहरुलाई सो अवसरमा पुरस्कार बितरण गरिएको थियो ।थाक खेलकुद अवसरमा भएको कृषि मेला प्रर्दशनीतर्फ उत्कृष्ट भएका कृषकहरुलाई पनि नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी