पोखरा । काठमाडौं बाहिर पहिलो पटक पोखराको चरक मेमोरियल हस्पिटलमा मुटुको डबल च्याम्बर पेसमेकरकोसफल शल्यक्रिया सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगंज अन्तर्गत मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटा र चरक मेमोरियल अस्पतालका मुटुरोग विशेषज्ञ डा. एसके जैसवाल नेतृत्वको टोलीले चरक हस्पिटलमा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
नेपालमा राजधानी बाहिर यस्तो शल्यक्रिया पहिलो पटक चरकमा भएको हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए । पोखरा महानगरपालिका २५ हेम्जा स्थित घर भएका ६३ वर्षका एक पुरुषको सफल शल्यक्रिया गरिएको अस्पतालका प्रबन्ध निर्देशक पोखरेलले बताए ।

यसअघि चरक मेमोरियलले स्वास्थ्य मन्त्रालय काठमाण्डौबाट असार ०८० मा ओपन हर्ट सर्जरी सेवाका लागि अनुमति पाएको थियो भने त्यसको एक महिनापछि साउन अन्तिममा मनमोहन कार्डियो थोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सहयोगमा ४५ वर्षका एक पुरुषको गण्डकी प्रदेशमै पहिलो पटक सफलतापूर्वक सर्जरी समेत गरेको थियो ।
त्यस समय मनमोहनका कन्सल्टेन्ट कार्डियोभास्कुलर सर्जन डा. अनिल भट्टराई, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. देवकोटा, डा. एसके जैसवाल, डा कृष्ण बस्याल लगायतको टिमले करिब चार घण्टा ३० मिनेट लगायर प्रदेशमै पहिलोपटक ओपन हार्ट सर्जरी सफलतापूर्वक सम्पन्न गरेका थिए ।

चरकले मुटुको सर्जरी सेवाका लागि करिब चार करोडको लागतमा आवश्यक उपकरणहरु खरिद गरी आवश्यक उपकरण सहितको स्थायी सर्जरी कक्ष ०८० को सुरुमै तयार गरेको प्रबन्ध निर्देशक पोखरेलले बताए । हाल हस्पिटलले अनुभवी चिकित्सकहरु काठमाडौंबाट ल्याउने र अस्पतालका चिकित्सकहरुको सहयोगमा मुटुको उपचार एवं शल्यक्रिया गरिरहेको उनले जानकारी दिए ।
सम्बन्धित समाचारः
गण्डकी प्रदेशमै पहिलोपटक चरकमा ‘ओपन हर्ट सर्जरी’
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह