पोखरा, १२ फागुन । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट स्वास्थ्योपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले पाँच दिनदेखि पोखरा महेन्द्रपुलस्थित ओम हस्पिटलमा उपचार गराएका उनलाई सोमबार बिहान डिस्चार्ज गरिएको प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीको निगरानीमा उनको उपचार भएको थियो ।
प्रदेश प्रमुख भट्टले गुणस्तरीय स्वास्थ्य सेवाका लागि हस्पिटल व्यवस्थापनका साथै उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले भने – ‘कुनै पनि बिरामीलाई आधा सञ्चो त अस्पतालको वातावरण, डाक्टर, नर्सको व्यवहारले नै हुन्छ भनिन्छ । निकै पारिवारिक वातावरणमा सेवा गर्नुभयो । यसका लागि धेरै धन्यवाद व्यक्त गर्दछु ।’

यसैबीच, अस्पतालले एक विज्ञप्ति जारी गर्दै धन्यवादसहित स्वास्थ्यलाभको कामना गरेको छ ।
अस्पतालका प्रबन्ध निर्देशक प्रा.डा. देवकुमार थापा, प्रा.डा अर्जुन आचार्य र डा. सि.पी. आचार्यले प्रदेश प्रमुखले अस्पतालको चिकित्सक टोलीलाई विश्वास गरी स्वास्थ्य सेवा लिनुभएकोमा आभार व्यक्त गर्दै अगाडि भनेका छन् – ‘आफ्नै प्रदेशभित्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई विश्वास गर्ने जुन काम गर्नुभएको छ, यसले भविष्यमा यस प्रदेशमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको उच्च मनोबल बढ्ने तथा साधारण उपचारका लागि पनि अन्यत्र दौडने प्रवृत्ति रहेकोमा भविष्यमा कमी आउनेमा विश्वास गर्दछौं ।’

प्रदेश प्रमुख भट्टले अस्पताल बसाईंको क्रममा प्रत्यक्ष भेटघाटका लागि पाल्नुहुने र टाढैबाट स्वास्थ्यलाभको कामना गर्नुहुनेप्रति पनि धन्यवाद व्यक्त गरेका छन् ।
गत फागुन ८ गते विहीबार साँझ अस्पताल भर्ना हुनुभएका उहाँलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नेहरुको भीड शुक्रबार बढेपछि अस्पतालले प्रत्यक्ष भेटघाट स्थगन गरेको थियो ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री सीता सुन्दास, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, उमाले गण्डकी सचिव धनञ्जय दवाडी, नेता माधव बास्तोला लगायतले प्रत्यक्ष भेट गरी स्वास्थ्यलाभको कामना गरेका थिए ।



सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन