पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ । कार्यलयले सोमबार एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिका वडा नम्बर ३१ को कृषि संजाल मार्फत वडा भित्र रहेका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण हो ।
कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल बिकास संस्था र कृषि समुहलाई लहरे तरकारी बालीको बीउ हस्तान्तरण गरिएको कृषि संजाल पोखरा– ३१ का अध्यक्ष केशबराज तिवारीले जानकारी दिए ।
उनका अनुसार न्यु नारायणी जातको घिरौला, भक्तपुरे लोकल कॉक्रो, पाली जातको करेला, डबल हार्भेष्टको तुने बोडी, प्रकासे बोडी, घ्यु सीमी, लौका, र चिफ्ले भिन्डी गरि १ लाख ५० हजार बराबरको बिउ वितरण गरिएको छ । ४८ वटा समुहलाई हस्तान्तरण गरिएको बिउ त्यि समुह मार्फत हरेक कृषकको घर–घरमा पुर्याईएको उनको भनाई थियो ।
बिउ हस्तान्तरण कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले किसानको जीवन स्तर उकास्नको लागि र जिबिको पार्जनमा सहयोग पुर्याउने उदेश्यको साथ बीउ वितरण गरिएको बताए । उनले यो बिउलाई सहि सदुपयोग गरेर आफूलाई खाने तरकारी उत्पादन गरि बाँकी भएको तरकारी बिक्री बितरण गरि आय आर्जन गर्न समेत आग्रह गरे ।
पोखरा महानगरपालिका ३१ कृषि संजालका अध्यक्ष केशबराज तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा कार्यलयका सूचना अधिकारी माधबराज तिमिल्सिनाले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन