राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मङ्गलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
एनएफपिजेको उपाध्यक्षमा वसन्त शेर्पा ,सचिवमा प्रेम थापा, कोषाध्यक्षमा गणेश बज्रलामा, सहसचिवमा माधव पोखरेल चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा हुमबहादुर गुरुङ, अभिनन्दन बजिमिया, मदनमणि तिमिल्सिना, सागर ढकाल चयन भए । कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले संस्थागत रुपमा अग्रज फोटो पत्रकारहरु सँग समन्वय गरेर काम गर्ने साथै नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।।
कार्यक्रममा राधिका कँडेलले फोटो पत्रकारको हकहितमा काम गर्न आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष योगेन्द्र श्रेष्ठले फोटो पत्रकार हरूको हकहितका क्षेत्रमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी नयाँ वर्षको उपल्क्षमा नयाँ वर्षको अवसर पारेर संस्थाको संस्थागत भित्तेबाट प्रकाशन गर्ने त्यसैगरी फोटो पत्रकारको प्रोत्साहनको लागि विभिन्न पुरस्कारहरु स्थापना गर्ने र पोखरामा फोटो प्रर्दशनी आयोजना गरिने बताउँदै श्रेष्ठले फोटो प्रर्दशनी सफल बनाउनका लागि सबैलाई आग्रह गरे ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन