पोखरा । तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जग्गा विवादमा स्थानीय प्रभात आलेलाई कुटेका छन् । आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन्।
फागुन ७ गते राति श्रेष्ठले भीमाद नगरपालिका–६ मालेबगर पुरानो स्कुलस्थित आफ्नै घरमा ५७ वर्षीया आलेलाई कुटपिट गरेका हुन्। अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत हुन्।
प्रहरीले जाहेरी लिन नमानेपछि बल्ल घटनाबारे सार्वजनिक भएको हो । प्रभातले मंगलबार तनहुँको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गराएको बताए। जिपी अस्पातलले थप परीक्षणका पोखरा गएर गर्नुपर्ने बताएको उनको दाबी छ।
जग्गा कारोबारमा विवाद भएपछि कुटपिट भएकाे बताइन्छ । सात वर्षअघि पालिका अध्यक्ष श्रेष्ठले उनका दाइको जग्गा किनेर प्लटिङ गरेका थिए । जग्गा कारोबार हुँदा बाटो छोड्ने सहमति भए पनि प्लटिङका क्रममा नछोडिएको भन्दै आले असन्तुष्ट थिए ।
विवाद टुंग्याउन खोज्दा आफूमाथि चोट लाग्ने गरेर कुटेको आलेको आरोप छ। आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए।
कुटाइ खाएका प्रभात बुधबार जाहेरीका लागि इलाका प्रहरी कार्यालय बेलचौतारामा पुगे । दिनभर प्रहरीले जाहेरी नलिएको उनले बताएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विरेन्द्रबहादुर शाहीले कुटपिटको घटनामा पहिले घाउ जाँच गरेर प्रहरीले बुझ्ने काम गर्ने बताए। त्यसपछि प्रक्रिया सुरु हुने उनले बताए।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो