पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीले महाशिवरात्रीको अवसरमा ज्येष्ठ नागरिकहरूलाई फलफूल वितरण गरेको छ ।
पोखरा महानगरपालिका २५ हेम्जामा रहेको मानव सेवा आश्रममा बुधबार फलफूल वितरण गरिएको हो । आश्रममा रहेका १४७ जना ज्येष्ठ नागरिकहरूलाई फलफूल वितरण गरिएको प्रतिष्ठान कास्कीका कार्यवाहक सचिव सुनील गायकले जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीका निजी सचिव राजेन्द्र क्षेत्री, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव शिव हमाल ,प्रतिष्ठान कास्कीका सल्लाहकार पार्वती जिसी, कास्कीका अध्यक्ष तुलसी क्षेत्रीले मानव सेवा आश्रम कास्की शाखाका प्रमुख सदिश पुनलाई फलफूल हस्तान्तरण गरे ।
अध्यक्ष क्षेत्रीले आकाशलाई छानो र सडकलाई घर बनाउँदै कष्टकर जीवन बिताउन बाध्य सडक मानवको गास, बास र कपासको व्यवस्थापन गरेर आश्रमले पुण्य कार्य गरेको बताइन् । यस्ता कार्यमा सबैको साथ र सहयोग हुनुपर्ने उनले बताइन् ।
फलफूल वितरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीका निजी सचिव राजेन्द्र क्षेत्री, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव शिव हमाल, प्रतिस्ठान कास्कीका सल्लाहकार पार्वती जिसी लगायत कार्यसमितिको उपस्थिति थियो ।
प्रतिष्ठान कास्कीले हेम्जामा रहेको मानव सेवा आश्रममा यसअघि पनि कपडा, खाद्यान्न, फलफूल र स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन