पोखरा महानगरपालिका वडा नं. १५ कार्यालयले वडाका किसानहरुलाई लक्षित गरी प्राङ्गारिक मल तयारी, करेसाबारी तथा कौसी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
दुई दिन आयोजित तालिममा वडाका ६७ जना सहभागी थिए ।
स्वस्थ्यकर, वातावरणमैत्री र आर्थिक रूपमा टिकाउ कृषि प्रणालीको विकास गर्नका लागि तालिम आयोजना गरिएको वडाध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए ।
तालिममा पोखरा महानगरपालिका, आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिण्या र पूर्व बरिष्ठ बाली संरक्षण अधिकृत धनबहादुर रानाले प्रशिक्षण दिएका थिए ।

वडाध्यक्ष तोरण बहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य एवं कार्यपालिका सदस्य मन्दिरा परियार र सञ्चालन वडा सचिव युवराज पौडेलले गरेका थिए ।
तालिमका सहभागीहरूलाई पोखरा १५ स्थित ग्लो संस्थाको सहयोगमा प्राङ्गारिक मल तथा फलफूलका विरूवा वितरण समेत गरिएको वडा सचिव पौडेलले जानकारी दिए ।
प्राङ्गारिक मल उत्पादनका विधिहरू सिकाउने, मल निर्माण प्रविधिहरूको व्यावहारिक ज्ञान प्रदान गर्ने, कौसी खेतीका नवीन प्रविधिहरूबारे जानकारी गराउने, खेती गर्ने सीप प्रदान गर्ने, स्वास्थ्य तथा वातावरणीय लाभबारे सचेतना दिने, रासायनिक मल तथा विषादीको असर र प्राङ्गारिक उत्पादनको फाइदाबारे जानकारी गराउने लगायत कार्यक्रमको लक्ष्य राखिएको वडाले जनाएको छ ।

पछिल्लो समय आधुनिक कृषि प्रणालीको नाममा अत्यधिक रासायनिक मल, विषादी तथा हानिकारक कृषि प्रविधिको प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको, जैविक विविधता नष्ट भइरहेको तथा मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको सन्दर्भमा यो तालिम फलदायी बनेको वडाध्यक्ष बानियाँले बताए ।
वडाको चालु आर्थिक बर्ष २०८१/०८२ को लागि स्वीकृत बार्षिक योजना तथा कार्यक्रम अन्तर्गत कृषक अनुदान तथा कृषि सम्बन्धी तालिम शीर्षकमा बजेट विनियोजन गरिएकोमा उक्त विनियोजित बजेटबाट प्राङ्गारिक मल तथा कौशी खेतीसम्बन्धी तालिम आयोजना गरेको हो ।
जसले कृषक, उद्यमी तथा साधारण नागरिकहरूलाई जैविक कृषि प्रविधिको ज्ञान प्रदान गर्ने, वातावरणमैत्री कृषि अभ्यासलाई प्रवर्द्धन गर्दै स्वस्थ उत्पादन प्रणालीलाई अगाडि बढाउन वडाले पहलकदमी लिएको उनले बताए ।

सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो