स्याङ्जाको वालिङ् खेलमैदानमा यहि फागुनदेखि प्रथम पिंक सिटी महोत्सव कप हुने भएको छ ।
वालिङ चेम्बर अफ कमर्सद्वारा ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मुल नाराका साथ आयोजित प्रथम पिंक सिटी महोत्सव – २०८१ को अवसरमा यहि फागुन २५ देखि चैत्र २ गतेसम्म स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
यस प्रतियोगितामा पालिका बाहिरका तीनजना खेलाडी समावेश गर्न पाइने खेल संयोजक उमराज गुरुङले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिमले नगद एक लाख ५५ हजार रुपैयाँका साथमा कप, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले नगद एक लाख ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।
त्यस्तै, प्रतियोगितामा तेस्रो हुने टिमले ५५ हजार र चौथों हुनेले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ नगद र बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट डिफेन्डरलाई ३/३ हजार रुपैयाँ नगद प्रदान गरिने खेल संयोजक गुरुङले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो