गण्डकीका मुख्यमन्त्री पाण्डे उपचारका लागि भारत पुगे, पद्मा जिसी कार्यवाहक मुख्यमन्त्री

गण्डकीका मुख्यमन्त्री पाण्डे उपचारका लागि भारत पुगे, पद्मा जिसी कार्यवाहक मुख्यमन्त्री

Surendra Raj Pandey

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पत्नीको उपचारका लागि आइतबार भारत गएका छन्।

मुख्यमन्त्री पाण्डे यसअघि असोज २० र साउन १३ गते पनि भारत गएका थिए। उनको आफ्नै घुँडामा पनि समस्या रहेको छ। ‘मेडमको स्वास्थ्य उपचारका लागि जानुभएको हो। ४/५ दिनमै फर्कनुहोला,’ सचिवालयले स्रोतले भन्यो ।

मुख्यमन्त्री पाण्डे अनुपस्थित रहँदा गण्डकी प्रदेश सरकारको नेतृत्व कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले गर्नेछिन्।

संविधानअनुसार मुख्यमन्त्रीपछि पहिलो वरियतामा रहेकी कारण उनलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो। एमालेको तर्फबाट सरकारमा सहभागी जिसी यसअघि पनि मुख्यमन्त्रीको अनुपस्थितिमा जिम्मेवारी सम्हालिसकेकी छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ