लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एम नेपालको चैत ९ गते पोखरामा महाधिवेशन हुने भएको छ । आगामी कार्यकालका लागि डिष्ट्रिक गभर्नर सहित प्रथम भाइस डिष्ट्रिक गभर्नर र द्वितीय भाइस डिष्ट्रिक गभर्नरको सोमबार मनोनयन दर्ता गरिएको छ ।
गभर्नर पदमामा धनीराम बरालले, प्रथम भाइस डिष्ट्रिक गभर्नरमा रत्नप्रसाद पराजुली र द्वितीय भाइस डिष्ट्रिक गभर्नरमा किशोर बरालले उम्देवारी दिएका छन् ।
धनीराम प्रथम भाइस डिष्ट्रिक गभर्नर र लायन्स क्लब अफ फिस्टेल सिटीका सदस्य हुन् । पराजुली लायन्स क्लब अफ काठमाडौँ देउरालीको सदस्य हुन् उनी द्वितीय भाइस डिष्ट्रिक गभर्नरको रुपमा कार्यरत छन् । पोखराको लायन्स क्लब अफ गोल्डेन चौतारीका किशोर डिष्ट्रिकको चिफ डिष्ट्रिक एड्भाइजरको रुपमा कार्यरत छन् ।
नोमिनेशन कमिटी चियरपर्सन मल्टिपल कोअर्डिनेटर एवम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा डिष्ट्रीक्टका गभर्नर चण्डी प्रसाद अर्यालको उपस्थिति थियो ।
कार्यक्रममा पूर्व डिष्ट्रीक्ट गभर्नरहरु महेन्द्र पौडेल, विश्वेश्वर आचार्य, भिमलाल पौड्याल र डिष्ट्रीक्ट ३२५ आइका डिष्ट्रीक्ट गभर्नर विनोद ढुंगाना, डिष्ट्रीक्ट ३२५ जेका डिष्ट्रीक्ट गभर्नर मिलन थापा लगायतले उमेद्वारी दिनेलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा विभिन्न लायन्स क्लबका अध्यक्षहरुको तर्फबाट लेखबहादुर केसी, जोन/रिजन चियरपर्सनहरुको तर्फबाट सजना कोइराला, सिनियर क्याबिनेट अफिसरहरुको तर्फबाट बिष्णु गौतम र टेक नारायण पौडेलले, कन्भेन्सनका कन्भेनर दामु अधिकारी, जीएसटी डिष्ट्रिक कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना, उमनाथ बराल, चुडामणि बराल लगायतले बोलेका थिए ।
डिष्ट्रिकमा १ सय ३९ वटा लायन्स क्लब आवद्ध छन् भने ३ हजार ५ सय बढी लायन्स सदस्य रहेका छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु