पोखरा। वरिष्ठ लोकगायक तथा संगीतकार पुरुषोत्तम न्यौपानेका गीत प्रत्यक्ष रुपमा प्रस्तुत गर्न ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’ हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा चैत २२ गते पोखरा सभागृहमा सांगीतिक साँझ आयोजना हुन लागेको प्रतिष्ठान केन्द्रीय सचिव शंकर ‘विरही’ गुरुङले जानकारी दिए ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलाम, बेलटारीमा वि.सं. २०२९ सालमा जन्मिएका पुरुषोत्तमले २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । उनको स्वरमा हजार बढी गीत सार्वजनिक भइसकेका छन् ।
न्यौपानेका ‘सरर पानी घट्टमा’, ‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘ऐना हेरेर’, ‘मायाले मार्यो’, ‘मिर्मी मुनि काली थुनेको’, ‘ढुंगेधारामा’, ‘देउरालीमा ध्वजा’लगायत गीत चर्चित छन् ।
स्याङ्जामा जन्मिएका न्यौपाने पोखरामा बसेर संगीत कर्ममा सक्रिय छन् । उनी रेडियो नेपालमा कार्यक्रम अधिकृत पदमा छन् ।

स्वदेशदेखि अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युरोप, जापान, लगायतका धेरै देशहरुमा आफ्नो प्रस्तुती दिएका न्यौपाने म्युजिक नेपाल अवार्ड लगातार तीन पटक पाउने र हालसम्मकै एक मात्र कलाकार हुन् । उनले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन् ।
जीवनसंगिनी भगवती न्यौपानेसँग सुखद दाम्पत्य जीवन बिताइरहेका गायक न्यौपानेका एक छोरा र एक छोरी छन् । न्यौपाने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष हुन् ।
प्रतिष्ठानले गत वर्ष भदौ १५ मा ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो । रीता थापाको कार्यकालबाट वर्षेनी एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने कामको सुरुवात भएको हो। एक महिला नेतृले सम्हालेको लोक दोहोरी गीत प्रतिष्ठानको यो एक प्रतिष्ठित कार्यक्रम हो ।

सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु