पोखरा। वरिष्ठ लोकगायक तथा संगीतकार पुरुषोत्तम न्यौपानेका गीत प्रत्यक्ष रुपमा प्रस्तुत गर्न ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’ हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा चैत २२ गते पोखरा सभागृहमा सांगीतिक साँझ आयोजना हुन लागेको प्रतिष्ठान केन्द्रीय सचिव शंकर ‘विरही’ गुरुङले जानकारी दिए ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलाम, बेलटारीमा वि.सं. २०२९ सालमा जन्मिएका पुरुषोत्तमले २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । उनको स्वरमा हजार बढी गीत सार्वजनिक भइसकेका छन् ।
न्यौपानेका ‘सरर पानी घट्टमा’, ‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘ऐना हेरेर’, ‘मायाले मार्यो’, ‘मिर्मी मुनि काली थुनेको’, ‘ढुंगेधारामा’, ‘देउरालीमा ध्वजा’लगायत गीत चर्चित छन् ।
स्याङ्जामा जन्मिएका न्यौपाने पोखरामा बसेर संगीत कर्ममा सक्रिय छन् । उनी रेडियो नेपालमा कार्यक्रम अधिकृत पदमा छन् ।

स्वदेशदेखि अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युरोप, जापान, लगायतका धेरै देशहरुमा आफ्नो प्रस्तुती दिएका न्यौपाने म्युजिक नेपाल अवार्ड लगातार तीन पटक पाउने र हालसम्मकै एक मात्र कलाकार हुन् । उनले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन् ।
जीवनसंगिनी भगवती न्यौपानेसँग सुखद दाम्पत्य जीवन बिताइरहेका गायक न्यौपानेका एक छोरा र एक छोरी छन् । न्यौपाने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष हुन् ।
प्रतिष्ठानले गत वर्ष भदौ १५ मा ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो । रीता थापाको कार्यकालबाट वर्षेनी एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने कामको सुरुवात भएको हो। एक महिला नेतृले सम्हालेको लोक दोहोरी गीत प्रतिष्ठानको यो एक प्रतिष्ठित कार्यक्रम हो ।

सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’