पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ को सिलिङ्गेमा ४० फिट अग्लो शिव लिङ्गको निर्माण हुने भएको छ ।
शिवलिङ्गको सोमबार पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले शिलन्यास गरे ।
शिलन्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले जटा शंकर धार्मिक विकास समिति मार्फत नौ करोड रुपैयाको डिपिआर तयार गरी निर्माण कार्य अगाडी बढाईएको बताए ।
अध्यक्ष थापाले नौ करोडको लागतमा सबै काम सम्पन्न भए सिलिङ्गे धार्मिक पर्यटनको एक व्यवस्थित नयाँ गन्तव्य बन्ने बताए ।
उनले केही समय देखी कोटीहोम विवादले पोखराको धार्मिक वातावरण विग्रेको उल्लेख गर्दै, संवादबाट सवै समस्याको हल निकाल्न आग्रह गरे ।
उनले कोटीहोमका नाउँमा हिन्दु धर्मका अनुयायीहरुलाई विभाजित बनाउने काम भैरहेको उल्लेख गर्दै, होम, यज्ञ, यज्ञादीले सवैलाई समेट्नु पर्ने बताए । उनले हिन्दुधर्मका अनुयायी एकथरिलाई धार्मिक अर्को थरीलाई जवरजस्ती धर्म विरोधी हो की भन्ने ट्याग लगाउने कोसिस गरिएको बताए ।
उनले कोटीहोम भन्नासाथ योगी नरहरिनाथको स्मरण गर्दै, उनले देखाएको वा परिकल्पना गरेको कोटीहोम जस्तो हुनु पर्नेमा जोड दिए ।
धार्मिक कार्य रड, लाठी, खुकुरी र खुँडा एवं बाउन्सर राखेर नहुने उल्लेख गदै, अध्यक्ष थापाले, श्रद्धालु भक्तजनले पुष्पबृष्टी गरेर शुरुवात गर्नु पर्नेमा परिस्थिति मुठभेड तर्फ उन्मुख गराउने चेष्टा गरिएको बताए ।

महानगरको आदेश पालना गर्न गएका नगरप्रहरी माथि घातक बस्तु प्रहार गरि घाईते बनाईयो उनले भने— “महिला प्रहरीलाई समेत छाडिएन, यि सवै घट्ना भैरहँदा म कार्यपालिकाको सदस्य हुनुको नाताले भिडलाई तितरवितर पारेर उनिहरुको रक्षा गरेको हो ।”
कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधिस डा. आनन्द मोहन भट्टराईले आफ्नो निवित्त जीवन समाजका लागि कहाँनेर प्रयोग हुन्छ, त्यसका लागि प्रयोग गर्न सुझाव दिए । उनले स्थानीय सरकारले धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनु पर्नेमा जोड दिंदै, डिपिआर अनुसारको कार्य अगाडी बढाउन सवैको सहयोग र साथको आवश्यकता पर्ने औल्याए।
शिक्षाविद् रवि प्रसाद बरालले मन र मस्तिष्कको समिश्रणनै आध्यात्म भएकाले दुवैको सन्तुलनबाट धार्मिक कार्यलाई अगाडी बढाउन जोड दिए । उनले धार्मिक कार्यहरु व्यापारका लागि गर्न नहुनेमा जोड दिए ।
जटाशंकर धार्मिक विकास समितिका अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी हरिप्रसाद अधिकारी, चन्द्रबहादुर रानाभाट, संस्थाका बरिष्ठ उपाध्यक्ष एवं पोखरा महानगरपालिका वडा नंं २६ का वडा सदस्य तिथबहादुर राजभाट लगायतले जटाशंकर धार्मिक विकास समिति र त्यसका गतिविधिका बारेमा बोलेका थिए ।
एक करोड २० लाखको लागतमा निर्माण हुने योजनाका लागि चालु बर्षमा वडा मार्फत महानगरले ५० लाख रुपैया विनियोजन गरेको छ । कार्यक्रममा स्थानीय भक्तजनको व्यापक सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन