पोखरा, २८ फागुन। बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सृष्टि आचार्यलाई अध्यक्ष पदमा अघि सारेको छ ।
स्ववियु नेतृत्वका लागि मंगलबार आचार्यले मनोनयन दर्ता गरेकी हुन् । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्दैछ । सोही अनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बागलुङको एक मात्र आंगिक क्याम्पस हो । त्यसका लागि मंगलबार तीन जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसमध्ये आचार्यको नेतृत्वमा नेविसंघ चुनावी मैदानमा आएको हो । आचार्यसहित नेविसंघबाट ११ सदस्यीय टीम चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । सचिवमा सचिन हरिजन, कोषाध्यक्ष पदमा विशाल थापा छन् ।
यस्तै, सदस्यतर्फ दीपसागर सुवेदी, प्रशान्त सुवेदी, सृष्टि घर्ती, सुभम राजभण्डारी, सेमन्त शर्मा, सुवास बाबु घर्ती, सुदिप घर्ती मगर र मनिषा घर्ती चुनावी मैदानमा उभिएका हुन् ।
विरासत जोगाउने कसरतमा ‘नेवि संघ’
धवलागिरी बहुमुखी क्याम्पसमा पछिल्ला दुई दशकदेखि नेविसंघको वर्चस्व रहँदै आएको छ । करिब २० वर्षयता स्ववियु नेतृत्वमा निरन्तर नेविसंघले जित हात पार्दै आएको छ ।
यसपटक पनि नेविसंघले आफ्नो जितको निरन्तरता कायमै राख्ने दाबी गरेको छ । तर, विपक्षी विद्यार्थी संगठनहरू यसपटक इतिहास उल्ट्याउने रणनीतिमा छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौं र राप्रपा विद्यार्थी संगठन मिलेर नेविसंघको विरासत भत्काउने योजनामा लागेका छन् ।
क्याम्पसमा १,४७६ मतदाता रहेका छन्, जसको समर्थन जित–हारको निर्धारण गर्नेछ । धवलागिरी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापतिहरूले स्थानीय तथा प्रादेशिक तहमा महत्वपूर्ण भूमिका खेलिसकेका छन् ।
पूर्व स्ववियु सभापति गोविन्द नेपाली हाल नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक छन् । त्यस्तै, बागलुङ नगरपालिकाका वर्तमान प्रमुख बसन्त श्रेष्ठ र पूर्व प्रमुख जनक राज पौडेल पनि यही क्याम्पसका स्ववियु सभापति थिए । उनीहरुले नेपाली राजनीतिमा आफ्नो छाप बनाइरहँदा यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
को हुन् सृष्टि आचार्य ?
आचार्य २०७५ सालमा धवलागिरी बहुमुखी क्याम्पसमा भर्ना भएकी थिइन् । उनी हाल एमबीएस अध्ययनरत छिन् र वर्तमान स्ववियु कोषाध्यक्ष हुन् । उम्मेदवारीपछि गण्डक न्यूजसँग कुरा गर्दै उनले विद्यार्थीका हकहितको पक्षमा आफूले काम गर्ने बताइन् ।
‘स्ववियु अध्यक्षको भूमिका शिक्षासम्बन्धी नीति र व्यवस्थापनमा प्रभाव पार्ने भएकाले म विद्यार्थीहरूको आवाज बन्न चाहन्छु,’ उनले भनिन् ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस