पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली) मा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि विविधतापूर्ण रहेको बताएका छन् ।
फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान रहेको उल्लेख गरेका छन् ।
‘होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक, धार्मिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको छ ।’ शुभकामना सन्देशमा उल्लेख छ– ‘यो पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पुर्याउनेछ ।’
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने यो पर्वमा रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एक आपसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको उहाँले उल्लेख गरेका छन् ।
समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख भट्टले स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरूलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन् ।

सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?