पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको पोखरा नर्सिङ क्याम्पसमा अनेरास्ववियुले प्रतिभा भण्डारीलाई स्ववियु अध्यक्ष पदको उम्मेद्वार बनाएको छ । भण्डारीको नेतृत्वमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले प्यानल तयार पारेको हो । प्रतिभा बी.एस.सी दोस्रो वर्षमा अध्ययनरत छन् ।
प्रत्यक्षतर्फ निर्वाचन हुने सचिवमा अनेरास्ववियुले सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतमलाई उम्मेद्वार बनाएको छ । सलिना बी.एन.एस प्रथम वर्ष र कुसुम बी.एस.सी तेस्रो वर्षका विद्यार्थी हुन् । अनेरास्ववियुबाट सदस्यमा दिपा आचार्य (बी.एन.एस दोस्रो वर्ष), कोमल रावत क्षेत्री (बी.एस.सी दोस्रो वर्ष), अजिता घर्ती (बी.एस.सी प्रथम वर्ष), हिमानी थारू (बी.एस.सी दोस्रो वर्ष), सचिना सोमै (बी.एस.सी प्रथम वर्ष)उम्मेद्वार छन् ।
समानुपातिकमा निता प्रधान, श्रीषा अधिकारी, मनिका बस्नेत, रुष्ता राउत, आषिका देवकोटा, एन्जीला बराल, प्रतिक्षा पौडेल, उज्वलकुमार यादव, अस्मिता रावल र वचन सेर्मा उम्मेद्वार छन् ।
अध्यक्ष उम्मेद्वार प्रतिभाको स्थायी घर बुटवल शंखरनगर हो । बुटवलकै कालिका मानवज्ञान मा.विबाट कक्षा १२ उत्तीर्ण गरेपछि उनी थप अध्ययनका लागि पोखरा आएकी हुन् । ‘नर्सिङ पेसा बाहिर हेर्दा जति सुन्दर छ त्यहाँसम्म पुग्न लाग्ने मिहिनेत र दुःख निकै धेरै छ,’ प्रतिभाले भनिन्, ‘क्याम्पसभित्र पढिरहँदा हामीले भोग्नुपरेका समस्या समाधानमा हाम्रो विशेष पहल रहन्छ ।’ आफूले नेतृत्व गरेको प्यानल समावेशी भएको र क्याम्पसका सबै तहमा पढ्ने विद्यार्थी आफ्नो प्यानलबाट विभिन्न पदमा उम्मेद्वार रहेकाले जित्नेमा विश्वस्त रहेको उनले सुनाइन् ।
पोखरा नर्सिङ क्याम्पसमा ३ सय ५२ जना मतदाता छन् । यहाँ अनेरास्ववियु र नेविसंघका मात्र उम्मेद्वार छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु