राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकारलाई सम्मान गरिएको छ । प्रतिष्ठान स्याङ्जाले एक कार्यक्रमबीच साहित्यकार देवीप्रसाद उपाध्याय रेग्मी बनबासीलाई सम्मान गरेको हो ।
प्रतिष्ठानको २४ औं स्थापना दिवसका अवसरमा स्याङ्जाद्वारा वालिङ् नगरपालिकाको सभाहलमा गरिएको सम्मान तथा अग्रज स्रष्टाहरुको फोटो प्रदर्शनी कार्यक्रममा साहित्यकार बनबासीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । साहित्यकार बनबासीलाई प्रतिष्ठानका केन्द्रिय महासचिव शिव हमाल, सचिव घनश्याम रिजाल लगायतले सम्मान गरेका हुन् ।
नेपाली लोक साहित्य र संस्कृति सम्बर्द्धनको क्षेत्रको विकासमा प्रोत्साहित गरेकोले साहित्यकार बनबासीलाई सम्मान गरिएको प्रतिष्ठान स्याङ्जाका अध्यक्ष नेत्र खड्काले बताए ।
कार्यक्रममा प्रतिष्ठान स्याङ्जाका संस्थापक अध्यक्ष गोपाल जिटी र डा. अच्युत शरण अर्यालले तयार पारेको कार्यपत्र ‘आँधीखोले लोक गीतका साधकहरु’ प्रस्तुत गरिएको थियो ।
उक्त कार्यपत्रमा अग्रज लोक गायकहरु चन्द्रबहादुर सेन ‘मसाने’, चन्द्रकान्त पाण्डे ‘पाँडे बा’, चेतन कार्की, कुलबहादुर राना, डिल बहादुर श्रेष्ठ, राजेन्द्र लम्साल क्षत्री र रत्न बानियाँको संक्षिप्त जीवनी र उनीहरुले लोक गीतको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन