पोखरा । आगामी चौत ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नगर्न जनप्रिय बहुमुखी क्याम्पसमा ३ वटा विद्यार्थी संगठन सक्रिय बनेका छन् ।
समय सकिएपछि पनि संयुक्त प्यानल दर्ता गर्न पाउनुपर्ने माग राखेर नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियू, विप्लवनिकट अखिल (समाजवादी)ले निर्वाचन अधिकृतको कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा बुधबार तालाबन्दी गरेका थिए ।
तीन दिनदेखि निर्वाचन अधिकृत, अनेरास्ववियु र नेविसंघले ताला खोल्न पहल गरेपनि शनिबार साँझसम्म सफल हुन सकेको छैन । गत फागुन २७ गते उम्मेदवारी दर्ताको समय थियो ।
सुरुमा छुट्टाछुट्टै संगठन र उम्मेदवारी दर्ता गरेका तीन संगठनले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि पनि संयुक्त प्यानल दर्ताको माग गरेका थिए । निर्वाचन अधिकृतले पनि यो माग सम्बोधन गर्न नसकिने भनेपछि यी तीन संगठनले तालाबन्दी गरेका थिए । ताला खोल्ने विषयमा शनिबार बिहान सबै संगठनसँग निर्वाचन अधिकृतले छलफल गरेका थिए ।
उक्त छलफलमा पनि सहमति जुट्न सकेन । छलफलमा सहमति नजुटेपछि अनेरास्ववियुले शनिबार साँझ ६ बजे विज्ञप्ती निकालेर क्याम्पसलाई निर्वाचनको वातावरण बनाउन १८ घण्टाको अल्टिमेटम दिएको छ । क्याम्पसमा कमजोर उपस्थिति र निर्वाचन हार्ने भएपछि तीन संगठनले लाचारीपन देखाएको अनेरास्ववियुको आरोप छ ।
आठ वर्षपछि हुन लागेको निर्वाचनमा बाधा पुर्याएर सुनौलो अवसरको अपमान गरिएको अनेरास्ववियु क्याम्पस कमिटी संयोजक एवं अनेरास्ववियुबाट स्ववियु अध्यक्ष पदका उम्मेदवार आविष्कार केसीले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
शनिबार बिहानको छलफलमा अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य शरणसिंह विश्वकर्माले हतियार देखाएर निर्वाचन अधिकृत र क्याम्पस प्रशासनलाई धम्क्याएको विज्ञप्तीमा उल्लेख छ ।
एकजना प्रत्यक्षदर्शीले बताएअनुसार उनले `चुनाव हुन्छ भने मेरो पनि भारतका साथीसँग राम्रो सम्बन्ध छ । चुनाव कसरी गर्छौ हेरम्ला´ भनेर छातीमा राखेको बन्दुक क्याम्पस प्रमुख कृष्णबाबु बराललाई देखाएका थिए ।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’