पोखरा । आगामी चौत ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नगर्न जनप्रिय बहुमुखी क्याम्पसमा ३ वटा विद्यार्थी संगठन सक्रिय बनेका छन् ।
समय सकिएपछि पनि संयुक्त प्यानल दर्ता गर्न पाउनुपर्ने माग राखेर नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियू, विप्लवनिकट अखिल (समाजवादी)ले निर्वाचन अधिकृतको कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा बुधबार तालाबन्दी गरेका थिए ।
तीन दिनदेखि निर्वाचन अधिकृत, अनेरास्ववियु र नेविसंघले ताला खोल्न पहल गरेपनि शनिबार साँझसम्म सफल हुन सकेको छैन । गत फागुन २७ गते उम्मेदवारी दर्ताको समय थियो ।
सुरुमा छुट्टाछुट्टै संगठन र उम्मेदवारी दर्ता गरेका तीन संगठनले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि पनि संयुक्त प्यानल दर्ताको माग गरेका थिए । निर्वाचन अधिकृतले पनि यो माग सम्बोधन गर्न नसकिने भनेपछि यी तीन संगठनले तालाबन्दी गरेका थिए । ताला खोल्ने विषयमा शनिबार बिहान सबै संगठनसँग निर्वाचन अधिकृतले छलफल गरेका थिए ।
उक्त छलफलमा पनि सहमति जुट्न सकेन । छलफलमा सहमति नजुटेपछि अनेरास्ववियुले शनिबार साँझ ६ बजे विज्ञप्ती निकालेर क्याम्पसलाई निर्वाचनको वातावरण बनाउन १८ घण्टाको अल्टिमेटम दिएको छ । क्याम्पसमा कमजोर उपस्थिति र निर्वाचन हार्ने भएपछि तीन संगठनले लाचारीपन देखाएको अनेरास्ववियुको आरोप छ ।
आठ वर्षपछि हुन लागेको निर्वाचनमा बाधा पुर्याएर सुनौलो अवसरको अपमान गरिएको अनेरास्ववियु क्याम्पस कमिटी संयोजक एवं अनेरास्ववियुबाट स्ववियु अध्यक्ष पदका उम्मेदवार आविष्कार केसीले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
शनिबार बिहानको छलफलमा अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य शरणसिंह विश्वकर्माले हतियार देखाएर निर्वाचन अधिकृत र क्याम्पस प्रशासनलाई धम्क्याएको विज्ञप्तीमा उल्लेख छ ।
एकजना प्रत्यक्षदर्शीले बताएअनुसार उनले `चुनाव हुन्छ भने मेरो पनि भारतका साथीसँग राम्रो सम्बन्ध छ । चुनाव कसरी गर्छौ हेरम्ला´ भनेर छातीमा राखेको बन्दुक क्याम्पस प्रमुख कृष्णबाबु बराललाई देखाएका थिए ।

सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो