पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै ठूलो आंगिक क्याम्पसमा १६ वर्षपछि आगामी चैत ५ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैन । हालसम्म निर्वाचन रोकिने कुनै परिस्थिति देखिएको छैन र माहोल चुनावमैत्री नै छ । यो निर्वाचनमा अनेरास्ववियुका विष्णु पोख्रेलको प्यानलबाट सचिव पदमा विराट दुवाडी उम्मेद्वार छन् ।
को हुन् विराट ?
विराट २०५५ साल असार २४ गते पोखरा महानगरपालिका–५ मालेपाटनमा जन्मिएका हुन् । उनी अनेरास्ववियु पोखरा महानगर कमिटीको संस्थापक सचिव हुन् । अहिले विराट अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी संयोजक छन् । विराट बी.एल.एल.बी उत्तीर्ण भइसकेका छन् । उनी पढाइमा पनि उत्कृष्ट छन् । एस.एल.सीमा उनले ८९ प्रतिशत प्राप्त गरेका थिए । त्यस्तै जिल्ला स्तरीय कक्षा ८ को परीक्षामा ८७ प्रतिशत अंक ल्याएका थिए ।
विराट विद्यार्थीका मुद्दा निरन्तर उठाउने विद्यार्थी नेतामध्ये एक हुन् । पृथ्वीनारायण क्याम्पसमा होस्टेल निर्माण नभएसम्म कुनै भौतिक पूर्वाधारको काम अघि बढ्न नदिने अनेरास्ववियुको अडानपछि होस्टल निर्माणको प्रक्रिया अघि बढेको छ । व्यायमशालाका लागि ध्यानाकर्षण गराउने, पोखराकै पुरानो रंगशाला अन्नपूर्ण रंगशाला व्यवस्थित बनाउनुपर्ने, त्यस छेउछाउलाई सुरक्षित बनाउन कुलोमा स्ल्याब बनाउन विज्ञप्ती निकालेर उनकै नेतृत्वमा अनेरास्ववियुले माग गरेको थियो । यसपछि क्याम्पस प्रशासनले यसको सम्बोधन ग¥यो ।
विराट क्रिकेटर पनि हुन् । त्यसैले खेलप्रति उनको औधि रूचि छ । उनी क्रिकेटका जिल्ला लिगको च्याम्पियन टिमका सदस्य हुन् । गत फागुन पहिलो हप्ता कास्की जिल्लास्तरीय टी–ट्वान्टी लिग भएको थियो । त्यसमा ओपनर विराट सांग्रिला क्रिकेट टिमबाट खेलेका थिए । यो टिम लिग च्याम्पियन बनेको थियो ।
खेलप्रति रूचि भएकै कारण उनले क्याम्पसभित्र पनि खेलकुद र खेल पूर्वाधारका विषयलाई बलियो गरेर उठाउँदै आएका छन् । पृथ्वीनारायण क्याम्पसमा खेलिने खेलका लागि महिनामा चार दिन भएपनि प्रशिक्षक ल्याउनुपर्छ भन्ने माग विराटको नेतृत्वमा अनेरास्ववियुले क्याम्पससँग गरेको थियो । क्याम्पसभित्रका खेल क्लबलाई एउटा पीएन क्याम्पसको क्लब भनेर समाहित गरेर जिल्ला संघमा दर्ता गराइनुपर्ने आवाज पनि उनले उठाउँदै आएका छन् । यसबाहेक क्याम्पसले खेलबापतको शुल्कको प्रभावकारी प्रयोग हुनुपर्नेमा उनको जोड रहँदै आएको छ ।
क्याम्पसभित्रका रेड जोनमा परेका भवन बनाउन ध्यानाकर्षण पनि अनेरास्ववियुले प्रशासनलाई गराएको छ । विराट र अनेरास्ववियुको पहलमा महिलाहरूका लागि स्यानिटरी भेन्डिङ मेसिन र कोठाको व्यवस्थापन भएको छ ।
शिक्षा संकायलाई मर्ज गर्न, मनिपाल कलेजले अतिरिक्त शुल्क लिँदा त्यसको विरोधमा भएको आन्दोलनमा, नमुना संसद कार्यक्रम गर्न विराट सक्रियता साथ लागेका थिए । यसबाहेक अनेरास्ववियु गण्डकीले पृथ्वीनारायण क्याम्पसमा आयोजना गरेको प्रदेशस्तरीय भलिबल प्रतियोगिता र अनेरास्ववियु कास्कीले आयोजना गरेको विद्यार्थी महोत्सव सफल पार्न पनि विराट सक्रिय थिए ।
उनी विद्यार्थीलाई कक्षाकोठामा हप्ताको ६ दिन नै राखेर सैद्धान्तिक विषय रटाउने कामको विपक्षमा रहँदै आएका छन् । विराट हप्ताको बढीमा ३ दिन पढाइ हुनुपर्ने र त्यसबाहेक अन्य समयमा काम गर्ने वातावरण बनाइनुपर्ने मत राख्छन् । ‘स्नातक र स्नातकोत्तरमा दिउँसो पनि पढ्नुपर्छ जसले गर्दा उनीहरू जीवनको सबैभन्दा महत्वपूर्ण कालखण्डमा पढ्न मात्र परेको छ, व्यावहारिक सिकाइबाट टाढिनुपरेको छ,’ उनले भने, ‘विद्यार्थीले हप्तामा ३ दिन पढ्ने र त्यसपछि अरु समय काम गर्ने वातावरण बनाइनुपर्ने विषय म सचिव निर्वाचित भएपछि उठाउँछु ।’
संगठनभित्र विराटले अनेरास्ववियुबाट स्ववियु अध्यक्षमा दाबी गरेका थिए । तर, संगठनको आग्रहलाई सहजै स्वीकार्दै उनी सचिव लड्न तयार भए । उनको यो कदमको नेकपा एमाले र अनेरास्ववियुभित्र निकै प्रशंसा भइरहेको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’