प्रथम पिङ्क सिटी महोत्सव कप २०८१ को उपाधि गल्याङ नगरपालिकाले जितेको छ । गल्याङले बिरुवा गाउँपालिकालाई ३ – २ को सेटमा २५ – २०, २५ – २१, २१ – २५, १७ – २५ र १५ – ९ अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जितेसङ्गै गल्याङले एक लाख ५५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता बिरुवाले भने शिल्ड, मेडल र प्रमाणपत्रसहित एक लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको हो ।
आइतबार वालिङ् खेलमैदानमा भएको प्रतियोगितामा भीरकोटले वालिङ्लाई ३ – १ को सेटमा पराजित गर्दै तेस्रो बनेको हो । भीरकोटले वालिङ्लाई २५ – १५, २५ – २२, १८ – २५ र २५ – २२ अङ्कले पराजित गरेको हो ।
प्रतियोगितामा तेस्रो बनेको भीरकोटले ५५ हजार र सान्त्वना बनेको वालिङ्ले तीस हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका हुन् ।
प्रतियोगितामा प्रोत्साहन स्वरुप सर्वोत्कृष्ट खेलाडी उमेश सेन्चुरी (गल्याङ) लाई पाँच हजार रुपैयाँ नगद, उत्कृष्ट स्पाइकर धन बहादुर भट्ट (वालिङ्), उत्कृष्ट मिडल ब्लकर याम क्षेत्री (बिरुवा), उत्कृष्ट सर्भर विष्णु बस्नेत (वालिङ्), उत्कृष्ट सेटर सुपेन्द्र परियार (गल्याङ) र उत्कृष्ट डिफेन्डर जीत बहादुर सार्की (भीरकोट) लाई तीन/तीन हजार रुपैयाँ नगदसहित ट्रफीले पुरस्कृत गरिएको खेल संयोजक उमराज गुरुङले बताए ।
वालिङ् चेम्बर अफ कमर्सद्वारा आयोजित प्रथम पिङ्क सिटी महोत्सव वालिङ् २०८१ को अवसरमा स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता वालिङ् खेलमैदानमा सोमबारदेखि सुरु गरिएको थियो ।
प्रतियोगितामा वालिङ्, चापाकोट, गल्याङ, भीरकोट नगरपालिका र बिरुवा, कालीगण्डकी गाउँपालिकाको सहभागिता रहेको थियो । भलिबल प्रतियोगिता राउन्ड रोबिन अनुसार खेलाइएको थियो ।
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला