पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्षमाथि रड प्रहार भएको छ । वडाध्यक्ष दीपक सुवेदीमाथि शनिबार स्थानीय भूपेन्द्र गिरी (ठूलो) ले रड प्रहार गरेका हुन् ।
सार्वजनिक जग्गा अतिक्रिमण रोक्न पुगेका वडाध्यक्ष सुवेदीमाथि गिरीले रडले हान्दा सँगै रहेका अर्का स्थानीयले छेकेका थिए ।
सुवेदीसँगै त्यहाँ वडा सदस्य विमला केसी र अन्य स्थानीयहरुपनि उपस्थित थिए । गिरीले सार्वजनिक जग्गा मिचेर आफ्नो घर नजिकै संरचना निर्माण गरिरहेका थिए ।
घर नजिकै रहेको बाझी पोखरीले चर्चेको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिरहेकाले रोक्न जाँदा आफूमाथि ज्यान मार्ने उद्देश्यका साथ रड प्रहार गरेको वडाध्यक्ष सुवेदी बताउँछन् ।
‘पहिल्यै सार्वजनिक जग्गामा घर नबनाउनुस्, यसले समस्या पर्छ भन्दा पनि उहाँले अटेर गर्दै बनाइरहनुभयो । मेरै हो भनिरहनुभयो । त्यसोभए सेतो रातो जे पुर्जा छ, देखाउनुहोस् न त भन्दा प्रमाण केही देखाउन सक्नुभएन । त्यो सार्वजनिक जग्गा नै हो ।’ सुवेदीले भने– ‘महानगरसँग समन्वय गरी नगर प्रहरी बोलाएर रोक्न खोज्दा उहाँ मार्ने उद्देश्यले प्रस्तुत हुनुभयो । उहाँले रड लिएर आउनुभयो । एक्कासी मलाई हान्दा अगाडि बढेर रोकेँ, अर्को साथीले पनि छेक्नुभयो, टाउकोमा लागेको भए ?’

गिरी विरुद्ध प्रहरीमा उजुरी
वडाध्यक्ष दीपक सुवेदीले आफूमाथि रड प्रहार गर्ने स्थानीय भूपेन्द्र गिरीविरुद्व निवेदन दिएका छन् ।
गिरीलाई कारवाहीको मागसहित वडा प्रहरी कार्यालय बैदाममा आज निवेदन दिएको प्रहरीले बताएको छ ।
रड प्रहार गरेका गिरीलाई सोधपुछका लागि कार्यालय बोलाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी सन्तोष निरौलाले बताए ।
मेयरद्वारा निन्दा
पोखरा महानगरका मेयर धनराज आचार्यले उक्त घटनाको निन्दा गरेका छन्।
उनले महानगरभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने अभियान चलाएको भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा भूमिका खेल्न महानगरबासीलाई आग्रह गरेका छन्।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन