वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा फागुन २१ गतेदेखि सञ्चालन गरिएको प्रथम पिङ्क सिटी महोत्सव वालिङ् – २०८१ हर्षोल्लासका साथ सम्पन्न भएको छ । ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ्’ भन्ने मूल नाराका साथ वालिङ् नगरपालिका – ८ खेलमैदानमा आयोजित महोत्सव आइतबार सम्पन्न भएको हो ।
वालिङ्को सभ्यता र यसको ऐतिहासिक महत्त्वको बारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने उद्देश्यका साथ आयोजित महोत्सव १२ दिनसम्म सञ्चालन गरिएको थियो ।
महोत्सवको समापनमा बोल्दै पूर्व सांसद रामकाजी गुरुङले महोत्सवले पिङ्क सिटीको रुपमा विकास भएको वालिङ्को पहिचान गर्न आर्थिक चलायमानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमलगायत यस प्रदेशका विभिन्न गतिविधिहरु प्रस्तुत गरिएका थिए ।
यहाँ स्थानीय विद्यालय स्तरीय नृत्य प्रतियोगिता, नगर स्तरीय रत्यौली तथा भजन प्रतियोगिता, बृहत काव्य गोष्ठी, स्याङ्जा किड्स डान्स आइडल, पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, प्रचारात्मक टिकटक प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक रुपमा सांस्कृतिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुति रहेको थियो ।
यसैगरी, कृषि क्षेत्रका समस्या र सम्भावना विषयक बहस अन्तरक्रिया तथा लागूऔषध नियन्त्रण सम्बन्धी बहस अन्तरक्रिया कार्यक्रम, विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ संस्थाका मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु, झाँकीहरू समेत प्रस्तुत गरिएको थियो ।
महोत्सव प्रवेशका लागि विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई टिकटमा ३० प्रतिशत छुट र परिचयपत्रका आधारमा ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएकालाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको थियो भने पाँच वर्षमुनिका बालबालिकालाई पनि नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो ।
महोत्सव अवधिभर दुई लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब पाँच करोड बराबरको व्यापारिक कारोबार हुने लक्ष्य लिएको चेम्बरले उक्त लक्ष्य पूरा भएको जनाएको छ ।
महोत्सवको आम्दानी रकमको ५ प्रतिशत संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवा लगायतमा खर्च गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस