पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
महिला लघुवित्त वित्तीय संस्था लि., केन्द्रीय कार्यालय, साँगाको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश कार्यालय प्रमुख रमेशचन्द्र पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो । पौडेलले विद्यार्थीकालदेखि नै बचत गर्ने बानी बसाल्नुपर्ने बताए । उनले बालबालिकामार्फत अभिभावकलाई समेत बचत गरी आर्थिक व्यवस्थापन गर्ने बानी बसाल्न सकिने भन्दै आम्दानी गर्नुभन्दा बचत गर्नु ठुलो कुरा भएको जानकारी दिए । आधिकारिक र विश्वसनीय निकायमा रकम बचत गर्नेतर्फ पौडेलले ध्यानाकर्षण गराए ।
विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले आर्थिक मन्दीले समग्र अर्थतन्त्र नै धराशायी भएको परिस्थितिमा विद्यार्थी र शिक्षकलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण गर्नु आवश्यक भएको औँल्याए । विद्यालयले समय सन्दर्भअनुसार शिक्षक तथा विद्यार्थीका लागि तालिम, अभिमुखीकरणलगायतका कार्यक्रम गर्दै आएको उनले बताए ।
नेपाल राष्ट्र बैङ्कले घोषणा गरेको ग्लोबल मनी विक २०२५ अन्तर्गत पहिलो दिनको कार्यक्रममा कालिकामा गरिएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखरा शाखाका प्रमुख करणकुमार सिङ्तानले जानकारी दिए । राष्ट्र बैङ्कले मार्च १७ देखि २३ तारिखसम्म ग्लोबल मनी विक मनाउने घोषणा गरेको छ ।
कार्यक्रममा पोखरा शाखाका मोहनराज विष्ट, निराजन बडु, पिप्ले शाखा प्रमुख सन्दिप शर्मालगायतले वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पारेका थिए । महिला लघुवित्त वित्तीय संस्थाका नेपालका ३८ जिल्लामा ७७ शाखा सञ्चालनमा रहेको केन्द्रीय कार्यालयकी सामान्य सेवा विभागकी प्रमुख ममिला पौडेलले जानकारी दिइन् । संस्थाका कार्यकारी प्रमुख कृष्णप्रसाद न्यौपानेले देशका सबै प्रदेशका विद्यार्थीहरूका लागि यस्ता गतिविधिहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए ।
सोही अवसरमा संस्थाका तर्फबाट गण्डकी प्रदेश प्रमुख रमेशचन्द्र पौडेलले विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद तथा स्टेसनरी सामग्री हस्तान्तरण गरेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’