पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
महिला लघुवित्त वित्तीय संस्था लि., केन्द्रीय कार्यालय, साँगाको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश कार्यालय प्रमुख रमेशचन्द्र पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो । पौडेलले विद्यार्थीकालदेखि नै बचत गर्ने बानी बसाल्नुपर्ने बताए । उनले बालबालिकामार्फत अभिभावकलाई समेत बचत गरी आर्थिक व्यवस्थापन गर्ने बानी बसाल्न सकिने भन्दै आम्दानी गर्नुभन्दा बचत गर्नु ठुलो कुरा भएको जानकारी दिए । आधिकारिक र विश्वसनीय निकायमा रकम बचत गर्नेतर्फ पौडेलले ध्यानाकर्षण गराए ।
विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले आर्थिक मन्दीले समग्र अर्थतन्त्र नै धराशायी भएको परिस्थितिमा विद्यार्थी र शिक्षकलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण गर्नु आवश्यक भएको औँल्याए । विद्यालयले समय सन्दर्भअनुसार शिक्षक तथा विद्यार्थीका लागि तालिम, अभिमुखीकरणलगायतका कार्यक्रम गर्दै आएको उनले बताए ।
नेपाल राष्ट्र बैङ्कले घोषणा गरेको ग्लोबल मनी विक २०२५ अन्तर्गत पहिलो दिनको कार्यक्रममा कालिकामा गरिएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखरा शाखाका प्रमुख करणकुमार सिङ्तानले जानकारी दिए । राष्ट्र बैङ्कले मार्च १७ देखि २३ तारिखसम्म ग्लोबल मनी विक मनाउने घोषणा गरेको छ ।
कार्यक्रममा पोखरा शाखाका मोहनराज विष्ट, निराजन बडु, पिप्ले शाखा प्रमुख सन्दिप शर्मालगायतले वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पारेका थिए । महिला लघुवित्त वित्तीय संस्थाका नेपालका ३८ जिल्लामा ७७ शाखा सञ्चालनमा रहेको केन्द्रीय कार्यालयकी सामान्य सेवा विभागकी प्रमुख ममिला पौडेलले जानकारी दिइन् । संस्थाका कार्यकारी प्रमुख कृष्णप्रसाद न्यौपानेले देशका सबै प्रदेशका विद्यार्थीहरूका लागि यस्ता गतिविधिहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए ।
सोही अवसरमा संस्थाका तर्फबाट गण्डकी प्रदेश प्रमुख रमेशचन्द्र पौडेलले विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद तथा स्टेसनरी सामग्री हस्तान्तरण गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन