पाेखरा । पृथ्वीनारायण क्याम्पसमा मंगलबार निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न हुन सकेन ।
निर्वाचन गराउने निर्वाचन प्रक्रिया अस्वच्छ र अनियमित रहेको आरोप लगाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) ले निर्वाचन समितिको राजीनामा माग गरेको छ ।
अखिल छैटौंले जारी गरेको विज्ञप्तिमा निर्वाचन समितिले निर्देशन विपरीत कार्य गर्दै निष्पक्षता कायम गर्न नसकेको गम्भीर आरोप लगाएको छ । संगठनले मतपत्रमा अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामपछि रेजा लगाउने बाकस नराखिएको, तालिका अन्य संगठनको मिलेमतोमा तयार पारिएको जस्ता गम्भीर त्रुटिहरू भएको जनाएको छ ।
‘निर्वाचन समितिले बारम्बार स्ववियु चुनाव विथोल्ने प्रयास गरेको देखिन्छ । यस्तो स्थितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन । तसर्थ, वर्तमान निर्वाचन समितिले राजीनामा दिनुपर्छ र नयाँ समिति गठन गरी पुनः निर्वाचनको मिति घोषणा गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
अखिल छैटौंले विद्यार्थीहरूलाई निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन एकजुट हुन आग्रह गर्दै क्याम्पस प्रशासनलाई नयाँ निर्वाचन समिति गठनका लागि दबाब दिनुपर्ने जनाएको छ ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो