बागलुङ । धवलागिरी बहुमुखी क्याम्पसकाे स्ववियु अध्यक्षमा अखिल संयुक्त प्यानलबाट चुनावी प्रतिष्पर्धामा उत्रेकी अनेरास्ववियुकी आश्मिन शेख निर्वाचित भएकी छन् ।
अध्यक्ष पदकी उम्मेद्वार शेखले ५५२ मत ल्याएकी छिन् भने उनकी प्रतिस्पर्धी सृष्टि आचायले ४९१ मत ल्याइन् ।स्वतन्त्र समूहका दीपक सुवेदीको ७ मत आएको थियो ।सुवेदीले उम्मेदवारी कायम रहेपनि नेविसंघका सृष्टी आचार्यलाई सर्मथन गरे थिए ।
सचिवमा नेवि संघका सचिन हरिजनले जित हासिल गरेका छन्।
हरिजनले ५३४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी रुद्रबहादुर पुनले ५०९ मत ल्याएका छन्। पुन माओवादी निकट आखिल क्रान्तिकारी धवलागिरी क्याम्पसका ईकाई प्रमुख हुन् ।
कोषाध्यक्ष पदमा ६५४ मत ल्याएर नेवि संघकै विशाल थापाले जितेका छन्। कोषाध्यक्षका उम्मेदवार रेखा शर्माले ३८४ मत प्राप्त गरिन्। शर्मा राष्ट्रिय जनमोर्चा निकट आखिल छटौंकी जिल्ला उपाध्यक्ष हुन् ।
यस्तै, सदस्यतर्फ प्रशान्त सुवेदी , दीपसागर सुवेदी, बिकल्प घर्ती मगर, सुदिप घर्ती मगर , सृष्टि घर्ती, सुवास बाबु घर्ती, सेमन्त शर्मा, सुभम राजभण्डारी निर्वाचित भएका छन् ।
हिजो भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा थिए । मंगलबार बिहान ८ बजेबाट शुरु भएको मतदान ४ बजे सम्पन्न भएको थियो । क्याम्पसमा एक हजार ४ सय ७६ मतदाता रहेका थिए भने एक हजार ५९ मत खसेको निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिए ।
नेवि संघले अन्य पद जितेर अध्यक्ष गुमाउँदा अन्तर्घात भएको पुष्टि हुन्छ। यसपटक अध्यक्ष गुमाउँदा नेवि संघले ऐतिहासिक विरासत जोगाउन असफल रह्यो । उम्मेदवारी दिने क्रमबाटै नेविसंघ भित्र विवाद बढेको थियो । बागी उम्मेद्वार खडा भएपछि झनै संकट बढेको थियो ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?