बागलुङ । धवलागिरी बहुमुखी क्याम्पसकाे स्ववियु अध्यक्षमा अखिल संयुक्त प्यानलबाट चुनावी प्रतिष्पर्धामा उत्रेकी अनेरास्ववियुकी आश्मिन शेख निर्वाचित भएकी छन् ।
अध्यक्ष पदकी उम्मेद्वार शेखले ५५२ मत ल्याएकी छिन् भने उनकी प्रतिस्पर्धी सृष्टि आचायले ४९१ मत ल्याइन् ।स्वतन्त्र समूहका दीपक सुवेदीको ७ मत आएको थियो ।सुवेदीले उम्मेदवारी कायम रहेपनि नेविसंघका सृष्टी आचार्यलाई सर्मथन गरे थिए ।
सचिवमा नेवि संघका सचिन हरिजनले जित हासिल गरेका छन्।
हरिजनले ५३४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी रुद्रबहादुर पुनले ५०९ मत ल्याएका छन्। पुन माओवादी निकट आखिल क्रान्तिकारी धवलागिरी क्याम्पसका ईकाई प्रमुख हुन् ।
कोषाध्यक्ष पदमा ६५४ मत ल्याएर नेवि संघकै विशाल थापाले जितेका छन्। कोषाध्यक्षका उम्मेदवार रेखा शर्माले ३८४ मत प्राप्त गरिन्। शर्मा राष्ट्रिय जनमोर्चा निकट आखिल छटौंकी जिल्ला उपाध्यक्ष हुन् ।
यस्तै, सदस्यतर्फ प्रशान्त सुवेदी , दीपसागर सुवेदी, बिकल्प घर्ती मगर, सुदिप घर्ती मगर , सृष्टि घर्ती, सुवास बाबु घर्ती, सेमन्त शर्मा, सुभम राजभण्डारी निर्वाचित भएका छन् ।
हिजो भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा थिए । मंगलबार बिहान ८ बजेबाट शुरु भएको मतदान ४ बजे सम्पन्न भएको थियो । क्याम्पसमा एक हजार ४ सय ७६ मतदाता रहेका थिए भने एक हजार ५९ मत खसेको निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिए ।
नेवि संघले अन्य पद जितेर अध्यक्ष गुमाउँदा अन्तर्घात भएको पुष्टि हुन्छ। यसपटक अध्यक्ष गुमाउँदा नेवि संघले ऐतिहासिक विरासत जोगाउन असफल रह्यो । उम्मेदवारी दिने क्रमबाटै नेविसंघ भित्र विवाद बढेको थियो । बागी उम्मेद्वार खडा भएपछि झनै संकट बढेको थियो ।
सम्बन्धित खबर
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’