गण्डकीका बागलुङ, पर्वत र नवलपुरका सिडिओ फेरिए, १३ सहसचिवको सरूवा

सरूवा

गण्डकीका बागलुङ, पर्वत र नवलपुरका सिडिओ फेरिए, १३ सहसचिवको सरूवा

griha

गृह मन्त्रालयले १३ सहसचिवको सरुवा गरेको छ। बुधबारको निर्णयअनुसार १३ सहसचिवको सरुवा हुँदा सात जिल्लाका सिडिओ फेरिएका छन्।

यसमध्ये गण्डकी प्रदेशका ३ जिल्लाका सिडिओ फेरिएका छन् । गण्डकीका बागलुङ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सँगै कपिलवस्तु, सुर्खेत, उदयपुर र अछामका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका हुन्।

बागलुङका सिडिओ नेत्रप्रसाद सुवेदी सरुवा भई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव कुमान सिंह गुरुङ नयाँ सिडिओका रुपमा जाँदैछन् ।

पर्वतका सिडिओ केदारनाथ शर्माको स्थानमा उदयपुरका सिडिओ हरिप्रसाद घिमिरे आउने भएका छन् ।

नवलपुरका सिडिओ अरुण पोखरेल सरुवा भएका छन् । र, नयाँ सिडिओमा भविश्वर पाण्डे आउँदैछन् ।

हेर्नुस् सूची:

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds