जिल्लाको पुतलीबजार नगरपालिका – १० राङ्खोला हुँदै बिरुवा गाउँपालिका जोड्ने सडक कालोपत्रे हुने भएको छ । यहाँको राङ्खोलादेखि धोवादी सडकखण्डमा ६ किलोमिटर स्तरोन्नतिसहित कालोपत्रे हुने भएको हो ।
यो सडकखण्ड गणेशकुन्द इन्द्रयणी रक्तकन्या जेभी, काठमाडौंले भ्याट र पिएससहित १९ करोड ९३ लाख ५३ हजार १०४ रुपैयाँ ८८ पैसामा ठेक्का सम्झौता गरी स्तरोन्नतिसहित कालोपत्रे गर्ने भएको हो ।
कम्पनीले २०८० भदौ १२ गते गरेको सम्झौताअनुरूप ठेकेदार कम्पनीले २०८२ साउन २८ गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने बताउँदै उक्त सडकखण्डमा कालोपत्रे गर्नका लागि आधारभूत कार्य पूरा भैसकेको ठेकेदार कम्पनीका ज्ञानराज घिमिरेले बताए ।
आधारभूत काम सकिएसङ्गै कालोपत्रे गर्ने काम यहि चैत ७ गतेदेखि सुरु हुने उनले बताए । मौसमले साथ दिएको खण्डमा निर्धारित समय अगावै काम सकिने घिमिरेको भनाई छ ।
यस सडकखण्डमा कालोपत्रेको काम सुरु गरेसङ्गै सवारीसाधन आवागमन रोकिने भएकाले ठेकेदार कम्पनीको अनुरोधमा मंगलबार जिल्ला समन्वय समिति, प्रशासन कार्यालय, प्रहरी कार्यालय, यातायात व्यवसायी, पत्रकार एवं सरोकारवालाहरुको उपस्थितिमा जानकारीसहितको सरसल्लाहमा वैकल्पिक सडकखण्डबाट यात्रा गर्न सुझाइएको थियो ।
कालोपत्रे गर्ने क्रममा बाधा पुग्ने भएकाले यहि चैत ७ गतेदेखि ३० गतेसम्म यस सडकखण्डमा सवारीसाधन आवागमनमा भने रोक लगाइएको छ । अति आवश्यक पर्ने एम्बुलेन्स लगायतका सवारीसाधनलाई भने नरोकिने जनाइएको छ ।
निर्धारित समय अवधिभर विभिन्न चारवटा वैकल्पिक सडकबाट आवागमन गर्न सुझाइएको छ । ठूला/साना दुवै सवारीसाधन सञ्चालनका लागि बिरुवा – ओरष्टे – ज्यामिरे हुँदै घुम्ती सडकखण्ड तोकिएको छ ।
यस्तै, साना सवारी साधन मात्र सञ्चालनका लागि तीनवटा वैकल्पिक सडकखण्ड तय गरिएको छ । जसमा बिरुवा – धोवादी – राङ्भाङ – ज्यामिरे घुम्ती सडक, धोवादी – खाली – खाङराङ – ज्यामिरे – घुम्ती सडक र बिरुवा – बेलघारी – गुमार्दी – पेल्काचौर – जाडखोला हुँदै स्याङ्जा सदरमुकामसम्मको सडकखण्ड तय गरिएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’