पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुँदै

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुँदै

५ देशका ६ नाटक मञ्चन हुने

thiyatar

पोखरा । पोखरामा आगामी शनिबार देखि अन्तर्राष्ट्रिय नाटक महोत्सव– २०८१ हुने भएको छ ।

पोखरा थिएटरको आयोजनामा हुने यो महोत्सव यहि चैत ९ गते शनिबार देखि पाँच दिनसम्म चल्नेछ ।

पोखरालाई अन्तर्राष्ट्रिय साँस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरीएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए ।

उनका अनुसार यस महोत्सवमा नेपालका साथै चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक महोत्सवमा मञ्चन हुनेछन् ।

महोत्सवमा नाटक सँगै खुला छलफल तथा संवाद र विविध साँस्कृतिक कार्यक्रमहरु पनि रहने उनले जानकारी दिए ।

यसअघि पोखरा थिएटरले वि.सं. २०७५ मा पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गरेको थियो । सोही परम्परालाई निरन्तरता दिँदै पुनः महोत्सव आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

पोखरालाई सांस्कृतिक तथा पर्यटन गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय पहिचान दिलाउन यो महोत्सव महत्वपूर्ण हुने आयोजकको विश्वास छ ।

महोत्सव हेर्नको लागि दुई सय, तीन सय र पाँच सयको टिकट काट्नुपर्ने व्यवस्था रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds