अर्जुनचौपारी गाउँपालिका – १ बजार खेलमैदानमा दरौंखोला युवा परिवारले आयोजना गरेको पुरुष भलिबलको उपाधि राङ्खोला युवा क्लबले जितेको छ । राङ्खोलाले आयोजक ‘ए’ लाई ३ – ० को सोझो सेटमा २५ – २२, २५ – १४ र ३० – २८ अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जितेसङ्गै राङ्खोलाले एक लाख ३१ हजार १११ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेतामा सिमित आयोजक ‘ए’ ले भने शिल्ड, मेडल र प्रमाणपत्रसहित ८१ हजार १११ रुपैयाँमा चित्त बुझाएको हो ।
बिहिबार दरौंखोला खेलमैदानमा भएको प्रतियोगितामा सम्झना युवा क्लबले अग्रदिप युवा क्लबलाई ३ – १ को सेटमा पराजित गर्दै तेस्रो बनेको हो । सम्झनाले अग्रदिपलाई २० – २५, २५ – २३, २९ – २७ र २५ – २० अङ्कले पराजित गरेको हो ।
प्रतियोगितामा तेस्रो बनेको सम्झनाले ४१ हजार १११ रुपैयाँ र सान्त्वना बनेको अग्रदिपले ११ हजार १११ नगदसहित नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका हुन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी सन्जु बिक्रम शाह (राङ्खोला), अनुशासित खेलाडी यम क्षेत्री (सम्झना), उत्कृष्ट स्पाइकर विष्णु क्षेत्री (आयोजक), उत्कृष्ट ब्लकर लेशन गुरुङ (राङ्खोला), उत्कृष्ट क्वीकर हिमाल सुनारी (आयोजक), उत्कृष्ट सेटर सुपेन्द्र परियार (अग्रदिप) र उत्कृष्ट डिफेन्डर अनिश गौतम (आयोजक) बनेका छन् । विधागत उत्कृष्ट बनेका खेलाडीलाई ट्रफी र मेडलले पुरस्कृत गरिएको खेल संयोजक रामचन्द्र केसीले बताए ।
फागुपूर्णिमा २०८१ को अवसरमा अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ